आईतबार, फागुन ४, २०८१
गृहपृष्ठअर्थपाँचपोखरीको बजेट ६३ करोड ८८ लाख

पाँचपोखरीको बजेट ६३ करोड ८८ लाख


चौतारा । पाँचपोखरी थाङ्गपाल गाउँपालिकाले ६३ करोड ८८ लाख ८५ हजार ९८७ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको छैटौं गाउँसभाले आज आगामी आर्थिक वर्ष ०७७ ७८ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । गापाले शिक्षामा १ करोड २७ लाख ८६ हजार ,कृषि तथा पशुमा १ करोड ४९ लाख २८ हजार विनियोजन गरेको छ ।

गाउँपालिकाले गाउपालिकाको केन्द्र देखि सबै वडामा सबै मौसममा यातायात सञ्चालन हुन सक्ने व्यवस्था गर्ने योजना अघि सारेको छ । जेष्ठ नागरिकको अनुभव युवा पुस्ताको गौरव ,पर्यटकीय गन्तव्यको प्रवर्धन ,उज्यालो पाँचपोखरी अभियान संचालन जस्ता कार्यक्रम बजेटमा छन् ।

त्यस्तै पशुपालनको आहार स्याहार आय आर्जनको आधार कार्यक्रम संचालन गर्ने, २० देखि ४० बर्ष सम्मका युवा तथा वैदेशिक रोजगारीबाट फर्केर आएका व्यवसाय गर्न चाहनेहरुलाइ लाग्ने करको शत प्रतिसत छुट गर्ने, आगामी ३ बर्ष भित्र गुम्बा ,मठ मन्दिर र सामुदायिक भबन निर्माण गर्ने गाउँपालिकाको योजना छ । प्रत्येक वडामा एक पार्क ,एक पिकनिक स्पट र खेलकुद मैदान बनाइने जस्ता योजनालाइ गाउँपालिकाले प्राथमिकतामा राखेको छ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!