हेलम्बुमा एक वडा एक खेलकुद मैदान, गाउँपालिकामा चक्रपथ निर्माण गर्ने

चौतारा । हेलम्बु गाउँपालिकामा एक वडा एक खेलकुद मैदान निर्माण गरिने भएको छ । आज गाउँपालिकाको सातौं गाउँसभामा प्रस्तुत निति तथा कार्यक्रममा हाई अल्टिच्यूड टे«निङ्ग सेन्टर लगायत विभिन्न खेलकुद मैदानहरु वडैपिच्छे निर्माण गर्दै लगिने छ । हाल सम्म निर्माण भइरहेका खेलमैदानहरुलई सम्पन्न गराउने र बाँकी रहेको वडाहरुमा पनि खेलकुद मैदान निर्माण गर्ने तर्फ विशेष जोड दिईने छ ।
दलित समुदायको उत्थानका लागि गाउँपालिकाले दलित औधोगिक क्षेत्र कार्यक्रम अघि सारेको छ । जसका लागि डीपीआर तयार भएको छ र यही आर्थिक वर्षमा उपयुक्त स्थान छनौट गरेर निर्माण कार्य अघि बढाइनेछ । युवा व्यवसायिक बनाउन युवा स्वरोजगार कोष स्थापना गर्ने गाउँपालिकाको निति छ ।
उक्त कोषबाट गाउँपालिकामा व्यवसाय गर्ने, सीप सिक्न युवाहरुलाई सहयोग र प्रोत्साहन गरिनेछ । कक्षा १ देखि १० सम्मका विद्यार्थी तथा शिक्षकलाई खाजा कार्यक्रम ल्याइएको छ । इसीडिले १ देखि ५ कक्षासम्म खाजा कार्यक्रम लागू गरेको थियो । गाउँपालिकाले एउटै विद्यालयमा पढ्ने विद्यार्थी सेवाबाट वञ्चित नहुन भनेर खाजा कार्यक्रम ल्याएको उल्लेख गरेको छ ।
गाउँपालिकामा सञ्चालित विकास कार्यक्रमलाई वातावरणमैत्री बनाउन उक्त आयोजनाको विनियोजित रकमको २ प्रतिशत गत अर्थिक वर्षदेखि वातावरण संरक्षण कोष स्थापना गरि जम्मा गरिएको छ । त्यस कोषलाई जलवायु परिवर्तनको क्षेत्रमा खर्च गरिनेछ ।
गाउँपालिकाका विभिन्न क्षेत्रलाई कृषिको पकेट क्षेत्रको रुपमा विस्तार गरिनेछ । चिया, कागती, जुनार, किवि, स्याउ र तरकारी तथा माछा कुखुरा, गाई र चौरी पालनमार्फत उत्पादन वृद्धि गर्दै हेलम्बुलाई अर्गानिक उत्पादनकाृ स्थानको रुपमा चिनाउन आवश्यक कार्य अघि बढाइनेछ ।
साथै किसानहरुको पहिचान गरि किसान परिचय पत्र दिइने र अनुदान एक पटक पाएपछि अर्को दुई वर्षसम्म नदिने व्यवस्था गरिएको छ । कृषिमा आत्मनिर्भर बनाउन एक घर एक टनेल कार्यक्रमको सुरुवात गर्ने गाउँपालिकाको योजना छ ।
त्यसैगरि हेलम्बुका केही विद्यालयमा परम्परागत सम्बोटालिपी र संस्कृतलीपी अध्यापन कार्यलाई गाउँपालिका भित्रका विद्यालयमा लागू गर्ने गापाको योजना छ । अघिल्लो आर्थिक वर्षमा केही विद्यालयमा यो सुरुवात गरिएको थियो ।
गाउँपालिकालाई सडकसँग जोड्न गाउँपालिका स्तरीय चक्रपथ निर्माण गरिनेछ । पर्यटन प्रवद्र्धनकालागि बञ्जिजम्प निर्माण गर्ने योजना अघि सारिएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस