Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठअर्थहेलम्बुको लोकप्रिय कार्यक्रमः किसानको तीन महिनाको ब्याज मिनाहा, सुत्केरीको स्वास्थ्य जाँच गर्न घरमै जाने

हेलम्बुको लोकप्रिय कार्यक्रमः किसानको तीन महिनाको ब्याज मिनाहा, सुत्केरीको स्वास्थ्य जाँच गर्न घरमै जाने


हेलम्बु । हेलम्बु गाउँपालिकाले विश्वमा आइरहने महामारीलाई मध्यनजर गर्दै प्रत्येक वडास्तरमा हरेक हिसाबले सुविधानसम्पन्न पूर्वाधारको संरचना निर्माण गर्ने भएको छ । आज गाउँपालिकाको ०७७ ७८ को निति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले विभिन्न संघसंस्थाको समन्वयमा गाउँ भन्दा पर एकान्तमा १५ सय देखि २ हजारसम्म क्षमता भएको विपद्को लागि पूर्व तयारीको रुपमा विपद् सुरक्षित केन्द्र निर्माण गर्नको लागि विशेष पहल गर्ने जनाएको छ ।

साथै गाउँपालिकाले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गाउँपालिका भित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, श्क्षिकलगायत सम्पूर्ण कर्मचारीको कोरोना बिमा गर्न बजेट विनियोजन गरेको छ । हेलम्बुले जनताको स्वास्थ्य हाम्रो दायित्व कार्यक्रमको सञ्चालन गर्दै गाउँपालिकाभरिका सम्पूर्ण हेलम्बुबासीहरुको उपचार गाउँपालिकाले निशुल्क गर्ने ब्यबस्था मिलाउन आवश्यक संयन्त्र सहित नितिगत ब्यबस्था गर्ने भएको छ ।

गाउँपालिका भित्रका किसानहरुले पर्यटन, कृषि र पशु व्यवसायका लागि बैकबाट लिएको ऋण कोरोनाका कारण तिर्न नसकेका किसानहरुको तीन महिनाको ब्याज गाउँपालिकाले तिर्ने भएको छ । भौगोलिक परिस्थितिका कारण सुत्केरी भएका महिलाहरु सुत्केरी भएको ३ दिन र ७ दिनमा चजाँउन आउन समस्या भएकाले स्वास्थ्यकर्मी नै सुत्केरीको घरमा गई चजाउँने व्यवस्था गरेको छ । त्यस्तै गाउँपालिकाले रासायनिक मलमा अनुदानलाई निरन्तरता दिएको छ ।

हेलम्बु गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा इन्टरनेटको पहँचको विस्तार गरी काडमाडौंको कुनै एक ठाउँबाट कक्षा ९ र १० का विद्यार्थीलाई अङग्रेजी, विज्ञान, गणित र कम्प्यूटर विषयको पढाई अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ ।

गाउँपालिकाले स्यंवसेवक शिक्षक, सामाजिक समानताका लागि एकल पुरुष भत्ता, गाउँपालिकाको तर्फबाट थप तीन हजार प्रसुति पोषण खर्च, हेलम्बु नमुना विद्यालयलाई आवासीय विद्यालय बनाउन थप संरचना निर्माण गर्ने, शिक्षक तथा कर्मचारी कल्याण कोष, सुरक्षा कोष र अवकाश कोषको स्थापना, प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि छात्रवृत्रि कार्यक्रम जस्ता कार्यक्रम पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा छ ।

त्यस्तै चर्चित हेलम्बु हिमालय ग्रेट ट्रेल निर्माण कार्यलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । बुद्धपार्क– सेर्माथाङ– ज्योमथाङ– आमायाङ्ग्री– ढुक्पु्– भेमथाङ– पासाङसिरी– गुफुपोखरी– जलंसा– दवालाङगुफा– सेमिसिदाङ– भेयस्री– सोली– ठाडेपाटी– पाकेडाँडा– घोप्टेघ्याङसम्म हेलम्बु हिमालयन पदमार्गलाई निरन्तरता दिने उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्ण विवरण तल छ ।

http://Helambu-Niti-Karyakram-PDF


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस