Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठअर्थमेलम्चीको बजेट १ अर्ब १३ करोड

मेलम्चीको बजेट १ अर्ब १३ करोड


मेलम्ची । मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्षमा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि रु. १ अर्ब १३ करोड ३७ लाख २६ हजार ४ सय ५८ विनियोजन गरेको छ । आज भएको सातौं नगरसभाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमका साथै बजेट मंगलबार पारित गरेको हो ।

मेलम्चीले कृषि पर्यटन, पूर्वाधार तथा किसानलक्षित कार्यक्रमलाई विशेष जोड दिएको छ । युवा लक्षित कार्यक्रम अनुरुप गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै कोभिड १९ का कारण बेरोजगार हुन परेकाहरुका लागि आवश्यक सिप, तालिम र अनुदानको व्यवस्था गरि कृषि पेशामा संलग्न गराइने कार्यक्रमसमेत अघि सारिएको छ ।

संक्रामक रोग, प्रकोप र विपद्बाट जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित बनाउने, विकास गतिलाई तीव्रता दिने, नागरिकका मौलिक हक, अधिकारका रुपमा रहेका आवश्यकता परिपूर्ति गर्ने, पूर्वाधार विकासमार्फत नागरिकको जीवनस्तर उकास्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

कोभिड-१९ लगायत सबै प्रकारका स्वास्थ्य विपद् जोखिमबाट नगरवासीलाई सुरक्षित राखी गुणस्तरीय सेवाको स्तरोन्नति तथा क्षमता विस्तार गर्ने, वर्तमान अवस्थाले शिथिल भएको अर्थतन्त्रलाई क्रमशः पुर्नउत्थान गर्दै लैजाने पनि कार्यक्रममा उल्लेख छ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि छुट्टै रु ५ करोड १० लाख र स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रमका लागि ८ करोड ८४ लाख विनियोजन गरिएको छ ।


क्याटेगोरी : अर्थ, समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस