गृहपृष्ठ ∕ अर्थ ∕ इन्द्रावतीले सार्वजनिक गर्यो पञ्चवर्षिय योजना इन्द्रावतीले सार्वजनिक गर्यो पञ्चवर्षिय योजना Sindhu Khabar असार ९, २०७७ गते १७:२६ मा प्रकाशित नवलपुर । इन्द्रावतीलाई उत्पादनमुखी स्वरोजगार समृद्धिको आधार बनाउने लक्ष्यका साथ इन्द्रावती गाउँपालिकाले पञ्चवर्षिय योजना सार्वजनिक गरेको छ । विभिन्न विकासका क्षेत्रलाई सूचक गरि वि.स. २०८१ सम्मका लागि योजना सार्वजनिक गरिएको हो । आज गाउँपालिका अध्यक्ष वंशलाल तामाङले योजनाको सार्वजनिक गरेका हुन् । योजना अनुसार गुणस्तरयुक्त पूर्वाधारहरु, उत्पादकत्वमा सुधार, सुमधुर बजारीकरण र रोजगारीको बृद्धि भई गाउँपालिकावासीको जीवनस्तरमा सुधार हुने छ । गाउँपालिका अन्तर्गतका निकायबाट प्रवाह गरिने सेवाको गुणस्तर बढाउँदै स्थानीय उत्पादनमा बृद्धिका साथै अबको पाँच वर्षमा कम्तीमा २५ प्रतिशत आर्थिक उन्नति प्राप्त गर्ने योजनाको प्रमुख लक्ष्य रहेको गाउँपालिका अध्यक्ष तामाङले बताए । भौतिक विकास, आर्थिक क्षेत्र, लैंगिक समानतालगायतको सूचक गरिएको छ । अबको पाँच वर्षमा गाउँपालिकावासीका लागि सुविधा पुग्ने गरि योजना निर्माण गरिएको अध्यक्ष तामाङको भनाई छ । योजना निर्माणका लागि विज्ञहरुको सल्लाह लिएर गाउँगाउँमा तथ्यांक सकंलन गरिएको थियो । घरधुरी सर्भेक्षण गरेर आवश्यकताको पहिचान गरि योजना निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत श्रीकृष्ण पौडेलले बताए । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भृकुटीको सम्झनामा इन्द्रावतीमा पार्क बन्दै आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे