बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठअर्थतातोपानी क्षेत्रमा पहिरोबाट कुनै अवरोध छैनः भन्सार प्रमुख खत्री

तातोपानी क्षेत्रमा पहिरोबाट कुनै अवरोध छैनः भन्सार प्रमुख खत्री


चौतारा । तातोपानी नाका हुँदै सामन आयात निरन्तर भइरहेको छ । केही सञ्चारमाध्यमले लिपिङ बजारमा पहिरो खसि सामान बोकेका कन्टेनरहरु र लिन जान लागेका कन्टेनरहरु बाटोमै अलपत्र परेकोे भन्ने समाचारको खण्डन गर्दै भन्सार प्रमुख लाल बहादुर खत्रीले तातोपानी नाकाबाट सामानहरु सुचारु रुपमा आयात भएको जानकारी दिए ।

केही दिनअघि ४,५ घण्टा बाटो मनाउने क्रममा सामान बोकेका कन्टेरहरु रोकिएपनि अहिले सो नाकामा कुनै अवरोध नभएको सिन्धु खबरसँग आज कुरा गर्दै प्रमुख खत्रीले बताए । बर्षा लागेसँगै ठाउँ ठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । बञ्जी छेउ भालेभीरमा बाटो अप्ठेरो भएतापनि अहिले सहज रुपमा कन्टेनरहरु गइरहेको बताउँदै प्रमुख खत्रीले माथिबाट यो बाटो सधै सुचारु गर्न निर्देशन भएको बताए ।

कोदारी राजमार्ग चिनियाँले बनाइदिने सहमति भइसकेको छ । यसको लागि डीपीआर तयार भइसकेको छ । त्यसैले धेरै खर्च गरेर सडक बनाउन नेपाल सरकार नलागेको भन्दै उनल बाटो बन्द नै हुने अवस्था नहुने बताए । सडकले केही दिनअघि एकहप्ता बाटो बन्द गरेर केही ठाउँको बाटो बनाउने भनेको भएतापनि अहिले तत्काल त्यो आवश्यक नभएकाले नबनाउने भएपछि गाडीहरु सहज रुपमा पास भइरहेका छन् ।

बाह्रबिसे माथि लिपिङसम्म पहाडी भिर भएकाले वर्षाको समयमा पहिरो आउने सम्भावना भने सधै छ । कोरोना भाइरसको त्रासका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गते देखि पुन सञ्चालनमा आएको थियो ।

तत्कालीन अवस्थामा अतयावश्यक स्वास्थ्य सामग्री मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको भन्सार प्रमुख खत्रीले बताए । यो नाका सरकारको समेत उच्च प्राथमिकतामा रहेको नाका हो ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!