Techie IT
Thursday, October 29,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठअर्थपर्यटकीय सम्भावना र जलभण्डारको धनी भोटेकोशी

पर्यटकीय सम्भावना र जलभण्डारको धनी भोटेकोशी


चौतारा । देश संघीय संरचनामा गइसकेको छ । देशमा अहिले केन्द्र, प्रदेश र स्थानीय तहका तीन तहका सरकार छन् । यी सरकारका काम कारवाही, पर्यटकीय स्थल, जलभण्डारको सम्भावना, आर्थिक क्षेत्रहरुका बारेमा मिसन डेभलपमेन्टमा प्रस्तुत गरिनेछ ।

स्थानीय तहमा भएका अलौकिक, परम्परागत सांस्कृतिक संरचनाको पहिचान, विकासका कामहरु र कृषिको आधुनिकीकरणमा जोड दिने उद्देश्यले यो कार्यक्रमको निर्माण गरिएको छ । यो प्रत्येक शुक्रबार सगरमाथा टेलिभिजनबाट शुक्रबार साँझ ६.३० देखि ७ बजेसम्म प्रसारण हुन्छ ।

`मिसन डेभलपमेन्ट`को प्रमुख उद्देश्य विकासका गतिहरुलाई अझ दु्रत रुपमा अगाडि बढाउनु हो । यसले देशका विभिन्न स्थानीय तहमा भएका आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक पहिचानलाई उजागर गरेर पर्यटनको सम्भावनालाई पनि दर्शकमाझ पुर्याउँछ ।

`मिसन डेभलपमेन्ट`को दोस्रो एपिसोडमा भोटेकोशी गाउँपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र धार्मिक अवस्थाको चित्रण गरिएको छ । भोटेकोशी पर्यटकीय सम्भावना बोकेका जलभण्डारले भरिपुर्ण गाउँपालिका हो । यसको छुट्टै धार्मिक महत्व पनि छ । हेरौ मिसन डेभलपमेन्टको बाँकी अंश ।

 


क्याटेगोरी : अर्थ, पर्यटन, भिडियो
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस