Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठअर्थबाह्रबिसेले गर्यो किसानलाइ १५ थान हाते ट्याक्टर वितरण

बाह्रबिसेले गर्यो किसानलाइ १५ थान हाते ट्याक्टर वितरण


चौतारा । बाह्रबिसे नगरपालिका कृषि शाखाले कृषकहरुलाई १५ थान हाते ट्याक्टर वितरण गरेको छ । मेयर निमफुन्जो शेर्पाको उपस्थितिमा आज नगरपालिका भित्रका किसानलाइ हाते ट्याक्टर बितरण गरिएको हो ।

आगामी बर्षमा बाह्रबिसे नगरपालिकाले कृषि उत्पादनमा जोड दिने र त्यसको लागि नगरपालिकाले अनुदानको व्यवस्था गर्ने मेयर शेर्पाले बताए । प्रत्येक वडामा कृषकले उत्पादन गरेको कृषि सामाग्री संकलन गर्नको लागि संकलन केन्द्र निर्माण गर्ने योजना समेत नगरपालिकाको छ ।

बिदेशबाट रोजगार गुमाएर नेपाल फर्केकाहरुलाई समेत आफ्नै गाउँ घरमा कृषी सम्बन्धि व्यवसायिक खेतीमा जोड दिइ रोजगारको सृजना गर्ने नगरपालिकाको योजना रहेको शेर्पाले बताए । ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!