सिन्धुपाल्चोकमा नदीजन्य वस्तु उत्खनन तथा संकलन बन्द

चौतारा । जिल्लामा नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य तीन महिनालाई बन्द गरिएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिको आज बसेको बैठकले जिल्लाका नदीहरुबाट नदीजन्य पदार्थ उत्खनन नगर्ने निर्णय गरेको हो ।
आज जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले एक सूचना जारी गर्दै २०७७ असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन र संकलन कार्य बन्द गरेका उल्लेख गरेका छन् ।
उक्त समयसम्म नदीजन्य पदार्थ उत्खनन र संकलनसम्बन्धी कुनैपनि गतिविधि नगर्न जिल्ला समन्वय समितिले सबै स्थानीय तह र व्यवसायीलाई अनुरोध गरेको छ । वर्षा लागेपछि नदीजन्य पदार्थ झिक्न नपाउने निति छ । वातावरण बिग्रन नदिनका लागि जिल्ला विकास समिति हुँदा देखि नै बर्षा लागेपछि तीन महिना नदीजन्य पदार्थ उत्खनन बन्द गर्ने गरिएको थियो ।
क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस