शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थभुक्तानी नदिएको भन्दै सीएमसी पीडितले भोलिबाट आन्दोलन चर्काउने

भुक्तानी नदिएको भन्दै सीएमसी पीडितले भोलिबाट आन्दोलन चर्काउने


चौतारा । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरुले आयोजना विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । उनीहरुलले असार १ (भोलि) बाट आन्दोलनको घोषणा गरेका हुन् । मेलम्ची खानेपानी आयोजना पीडितहरुले २०७६ चैत १८ बाट आन्दोलन गर्ने भनेतापनि लकडाउन र स्थानीय प्रशासनको अनुरोधका कारण रोकेका थिए ।

लगातार तीन महिनासम्मको बन्दाबन्दी हुँदापनि कोरोना भाइरसबाट तत्काल मुक्ति नपाइने विज्ञहरुले सुझाव दिएको र पीडितको मागप्रति खानेपानी मन्त्रालयले देखाएको छलकपटपुर्ण व्यवहारका कारण पीडितहरुले बाँकी रकम भुक्तानीको एक सुत्रिय माग गर्दै आन्दोलन पुन सुचारु गर्ने बताएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको यसअघिको इटालियन ठेकेदार कम्पनी (सीएससी) ले बिचमा नै आयोजनाको काम छाडेर भागेपछि सीएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदारहरु लामो समयदेखि आन्दोलनमा छन्।

स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सिएमसीसँग मजदुर र स्थानीय आपूर्तिकर्ताले एक अर्ब ६७ करोड रुपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन्।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!