Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठअर्थचौतारा नगरपालिकाले महिला उद्यमी बनाउने

चौतारा नगरपालिकाले महिला उद्यमी बनाउने


चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले उद्यम गर्न चाहने महिलाहरुका लागि सहयोग अनुदान शिर्षकको कार्यक्रम सञ्चालन गर्न लागेको छ । कार्यक्रम सञ्चालनका लागि इच्छुक व्यक्ति साझेदार संस्थाबाट नगरपालिकाले प्रस्ताव माग गरेको छ ।

नगरपालिकाले व्यवसायिक बाख्रा पालन प्रवद्र्धनकालागि गोठ निर्माण, व्यवसायिक गाई भैसी पालनका लागि गोठ निर्माण, व्यवसायिक कुखुरा पालन, व्यवसायिक तरकारी खेतीका लागि टनेल, ट्याक्टर र प्लाष्टिक पोखरी, व्यवसायिक बंगुर पालन र लघु उद्यम सञ्चालनका लागि अनुदान दिने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

महिलाहरुलाई उद्यम बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालनमा ल्याएको मेयर अमानसिंह तामाङले जानकारी दिए । यो अनुदान १५ लाखको छ । आइतबार प्रकाशित सूचना अनुसार ७ दिन भित्र महिलाहरुले आफूले सञ्चालन गर्न लागेको उद्यमको किसिम, लागत साझेदार गर्न प्रतिबद्धता पत्र, आर्थिक प्रस्तावना पत्रसहित चौतारा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा पेश गर्नुपर्नेछ ।

साथै इच्छुक व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र, व्यवसाय दर्ताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जाको फोटोकपी र भाडामा भए भाडाको सम्झौतापत्र सहित निवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस