सांसदहरुले मन्त्रीलाई सोधे, मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ ?

काठमाडौं । बहुचर्चामा रहने मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ कोहीलाई थाहा छैन् । यो सबैको लागि चासोको विषय बनेको छ । मेलम्चीको पानी काठमाडौं लैजाने र राजधानीवासीको तिर्खा मेट्ने सपना देखेको तीन दशक पुग्न लागिसकेको छ । आयोजनाको काम अन्तिम अवस्थामा पुगेको बताएपनि त्यसले पुर्णता कहिले पाउन सकेन् ।
मेलम्ची खानेपानी दिस्वप्न जस्तै भइसकेको छ । झन्डै ९० प्रतिशत भौतिक निर्माण सम्पन्न भएको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको परियोेजनामा समेत समावेश गरेको छ । खानेपानी मन्त्रालयले चालू आवको अन्त्यसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।
बन्दाबन्दी कारण श्रमिकको अभाव भएपनि आयोजनामा काम भइरहेको छ । आगामी असोज महिनाभित्र सम्पन्न हुने मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो आयोजना सम्पन्न हुने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ । पछिल्लोपटक सरकारले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई सो आयोजनाको जिम्मा दिएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समेत सो आयोजनाको विषयले प्रमुख प्राथमिकता पायो । विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदले मेलम्ची खानेपानी आयोजना कहिले सम्पन्न हुन्छ ? भन्ने जिज्ञासामात्रै राखेनन्, त्यसको महत्वकाबारेमा समेत सरकारलाई पुनः ध्यानाकर्षण गराए ।
सांसद एकवाल मियाँले आयोजनाको चर्चा चलेको लामै समय भएपनि काम कहिले सकिन्छ भनेर चासो राख्दै आएका नेपाली नागरिक सधैं निराश हुने अवस्था आएको गुनासो गरे । उनले भने–‘आयोजना कहिले सकिन्छ, मन्त्रीज्यू ? अब त काठमाडौंबासीलाई स्पस्ट भनिदिनोस् ।’
पछिल्लोपटक आगामी असोजभित्र आयोजना सम्पन्न हुने भनिएपनि सो समयमा काम सकिएला वा नसकिएला भन्ने विषयमा समेत थप प्रस्टता जरुरी रहेको उनको भनाइ थियो । सांसद प्रदीप यादवले पनि सो आयोजनाका बारेमा जिज्ञासा राखे । हरेक वर्षको बजेट आउँदा आयोजना आगामी आवमा सकिने भनेर लेखिने भएपनि कुन आवमा चाहिँ सकिने हो, प्रस्ट हुनुपर्ने सांसद यादवको भनाइ छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस