Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठअर्थतातोपानीबाट एक लाख किलो धानको बीउ आयात, ११ महिनामा सवा अर्ब राजस्व संकलन

तातोपानीबाट एक लाख किलो धानको बीउ आयात, ११ महिनामा सवा अर्ब राजस्व संकलन


सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम र उपचारका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री आयातका लागि खुला गरिएको तातोपानी नाकाबाट पछिल्लो समय स्याउ, लसुन, धानको बीउ, कृषि उपकरण, एम्बुलेन्सलगायतका बस्तु भित्रन थालेको छ । सरकारी तह(जीटुजी) मार्फत नेपाली सेनाले मात्र होइन निजी क्षेत्रले ल्याएका स्वास्थ्य सामाग्रीको आयातसँगै राजस्व संकलनमा पनि सकरात्मक प्रभाव देखिएको छ ।

भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार सोमबार (अस्ती) सम्ममा चालू वर्षको राजस्व १ अर्ब २७ करोड २६ लाख संकलन भएको छ । फागुनसम्म भने १ अर्ब ८ करोड ९५ लाख राजस्व संकलन भएको थियो । कोभिड–१९ को संक्रमणका कारण लकडाउनपछि अर्थात गत चैत २६ गते देखि अहिलेसम्म १८ करोड ३१ लाख राजस्व असुली भएको छ । जेठमा मात्र १२ करोड ७५ लाख राजस्व संकलन भएको छ । सरकारले स्वास्थ्य सामाग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।

यस अवधिमा करिव १ अर्ब ७९ करोडको सामान आयात भएको छ । आयात भएका सामानमध्ये कोभिड–१९ संग सम्बन्धित १ अर्ब ६२ करोड १२ लाख मुल्य बराबरको सामान नेपाल भित्रेको छ । ४ करोड ४४ लाखको धानको बीउ र ८२ लाखको कृषि उपकरण आयात भएको छ । धानको बीउ १ लाख ५ हजार, ओखर ३२ हजार र किसमिस १५ हजार किलो आयात भएको जानकारी भन्सार प्रमुख खत्रीले दिए । यो नाकाबाट धान बीउ आयात भएको सम्भवतः यो पहिलो पटक हो । कोभिड–१९ कै प्रयोजनाका लागि सशस्त्र प्रहरीले सञ्चालन गर्ने गरी एम्बुलेन्स आयात गरिएको हो । यसको भन्सार मुल्यांकन ४९ लाख २७ हजार रहेको छ ।

‘हामी सवै बस्तुको आयात होस भन्ने चाहन्छौं, खत्रीले भने । यो नाकाबाट आर्थिक वर्ष २०७१/२०७२ सम्म बर्सेनि ५ अर्ब भन्दा बढीको राजस्व संकलन हुँदै आएको थियो । त्यतिबेला वार्षिक करिव २० अर्बको आयात र पौने ३ अर्बको निर्यात हुने गथ्र्यो । २०७२ सालको भूकम्पछि ठप्प यो नाकाबन्द भएपछि सोही वर्षको मंसिरबाट रसुवा नाकाको सञ्चालनमा प्राथमिकता दिइएको थियो ।

कोभिड–१९ का कारण रसुवा बन्द छ । तातोपानी भने स्वास्थ्य सामाग्री आयातका लागि खुला गरिएको थियो । पछिल्लो समय व्यापारिक सामान ल्याउन थालिएको छ । मितेरी पुलको साँघुरो स्थान छाडेर तातोपानी भन्सार हाल चीनले नै निर्माण गरेको लार्चा स्थित सुख्खा बन्दरगाहमा सञ्चालन हँदै आएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस