Techie IT
Tuesday, April 13,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठअर्थचौताराका सबै बैंकहरु नियमित खुल्ने

चौताराका सबै बैंकहरु नियमित खुल्ने


चौतारा । जिल्ला सदरमुकाम चौतारामा रहेका सम्पुर्ण बैंक दैनिक खुल्ने भएका छन् । भोलिबाट दैनिक बिहान ११ देखि १ बजेसम्म चौतारामा सञ्चालित बैकहरु खुल्ने भएका हुन् । कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै बैंकहरु लामो समय बन्द रहेका थिए ।

यसअघि सर्वसाधारणलाई आर्थिक समस्या नहोस् भनेर ‘जिल्ला कोभिड-१९ विपद व्यवस्थापन केन्द्र’ले जिल्लामा सञ्चालित बैक तथा सहकारीहरु हप्तामा तीन दिन खोल्ने निर्णय गरेको थियो ।

आज सरकारी बैकलाई खोल्न स्थानीय प्रशासनले लिखित अनुरोध गरेको छ भने निजि बैकहरुलाई खोल्न मौखिम अनुरोध गरेको छ ।

सरकारी कार्यलयहरुको आर्थिक वर्षको अन्त्यको समय भएकाले र विकास निर्माणका आयोजनाहरु पनि सञ्चालन भैरहेकाले राजश्य दाखिलाका लागि बैंकमा घुँइचो हुन थालेको गुनासो आएपछि सदरमुकाममा रहेका बैंकहरु दैनिक खोल्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

जिल्लामा रहेका केही बैंकका आफ्नै गुनासाहरु भएपनि आवश्यक स्वास्थ्य सुरक्षा अपनाई दैनिक बैक खोल्ने व्यवस्था गर्न अनुरोध गरेको ढकालले बताए ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार