नेपाल भारत मैत्री बस सेवाले नेपालबाट धमाधम भारतीय नागरिक लाँदै

चौतारा । सिन्धुपाल्चोक फुलपिङकट्टीका छिरिङ शेर्पा स्वयम्भु मञ्जुश्री यातायत प्रा.लि.का अध्यक्ष हुन् । स्वयम्भु मञ्जुश्री यातायतका २५ वटा गाडीले नेपालबाट भारतका विभिन्न शहरमा जाने यात्रुलाई सेवा दिइरहेका छन् । नेपाल भारत मैत्री बस सेवा भनेर सञ्चालित यी गाडीले अहिले लकडाउनका कारण अलपत्र परेका भारतीय नागरिकहरुलाई नाकासम्म लाने काम गरिरहेको छ ।
गत १४ गतेबाट हालसम्म १५ सय बढी भारतीय नागरिकलाई नाकासम्म लगिएको अध्यक्ष शेर्पाले जानकारी दिए । नेपालमा रहेका भारतीयलाई स्वदेश फर्काउने र भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउने दुई देशका सरकारको सहमतिपछि नेपाल भारत मैत्री बस सेवाले भारतीय नागरिकलाई नाकासम्म पुर्याउने गरेका छन् । भारतीय राजदुतावासले उनीहरुका नागरिकलाई नाकासम्म छाड्न मञ्जुश्री यातायत प्रा.लि.लाई आग्रह गरेका थिए ।
नेपालमा लामो समयदेखि भएको लकडाउनका कारण काम गर्न नपाएका भारतीय नागरिकलाई उनीहरुको देश पुर्याउन मञ्जुश्रीले नाकासम्म छाड्ने गरेको हो । उपत्यकामा पल्मबर, गाडी बनाउने काम गर्ने, तरकारी बेच्ने, विभिन्न अन्य व्यवसाय गर्ने भारतीय नागरिकको उद्धार गरिएको हो । भारतीयलाई उद्धार गर्न नेपाल भारत मैत्री बसले जेठ १९ सम्मको पास लिएको छ ।
अध्यक्ष लामाका अनुसार दैनिक ५ देखि ७ वटा बसबाट भारतीय नागरिक नाकासम्म लाने गरिएको छ । बसले वनबासा नाका, सुनौली नाका र रक्सौल नाकासम्म भारतीय नागरिक लाने गरेका छन् । भारतका स्टेट सरकारले उताबाट गाडी लिन पठाएपछि यताबाट गाडी हिड्ने गरेको उनले बताए ।
बसमा रहेने कर्मचारीहको स्वास्थ्य सुरक्षामा ध्यान दिएको उनको दावी छ । सबै किसीमको यात्रुहरुलाई थर्मल गनले ज्वरो चेक गरेर स्यानिटाइजर प्रयोग गरेर गाडीमा राख्ने गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । त्यसैगरी गाडीका चालक तथा सहचालक र सहयोगीहरुले पनि माक्स, पञ्जा र स्यानिटाइजर प्रयोग गरेर गाडी चलाउने गर्दछन् ।
गाडीका कर्मचारीहरु अहिले यातायात कम्पनीले व्यवस्था गरेको ठाउँमा बसेको उनले बताए । अब यात्रु लगिसकेपछि गाडीका चालह सहचालकको कोरोना परीक्षण गरेपछि मात्रै घर पठाउने उनले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस