शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थबलेफीमा अमेरिकी फौजी किराको कारण मकैबालीमा क्षती

बलेफीमा अमेरिकी फौजी किराको कारण मकैबालीमा क्षती


चौतारा । बलेफी गाउँपालिकामा अमेरिकी फौजी किराको कारण मकैबालीमा क्षती भएको छ। बलेफी गाउँपालिका-१ साविकको जलविरेका खेतबारीमा लगाएको मकै खेतीमा अमेरिकी फौजी किराको प्रकोपले कृषकहरु चिन्तित भएका छन् ।

बलेफि गाउँपालिकाका कृषि प्रमुख अर्जुन खड्काका अनुसार गापाका सबै वडामा अमेरिकी फैजी किराले मकैबाली नष्ट गरेको छ । गापाका वडा नम्बर ४ र ५ मा अझ बढी कीराले क्षति पुर्याएको उनले बताए । वडा नम्बर २ र ५ मकैको पकेट क्षेत्र मानिन्छ ।

कोरोना महामारीको कठिन अवस्थामा किसानले दुख गरी लगाएका मकैबाली फौजी कीराले नष्ट गरेपछि किसानहरु निराशा भएका हुन् ।

स्थानीय भीमसेन खड्काका अनुसार मकैको बिरुवा नै नष्ट हुनेगरी कीराले ध्वस्त पारेको पहिलो चोटि देखेको हो । यो कीराले मकैको गुवा अथवा धान चमरा आउने भाग र पातमा आक्रमण गरेर ध्वस्त पार्ने गरेको छ । अहिले यो किसिमको कीराको आक्रमणले जिल्लाका धेरैजसो स्थानहरुमा क्षती पुर्याएको छ ।

दुख गरेर लगाएको मकैबालीमा यसरी नष्ट भएपछि किसानहरुलाई हातमुख जोड्न समस्या हुने अवस्था आउँने जानकारहरु बताउँछन् । मकैबालीमा लागेको यस्तो किसिमको रोगको न्यूनीकरण गर्न नसकिएमा गाउँमा ठूलो खाद्यान्न संकट आउने स्थानीय रुद्र बहादुर खड्काले बताए । कीरा नियन्त्रणका लागि किटनाशक औषधि प्रयोग गर्नुपर्ने भएतापनि आर्थिक अवस्थाका कारण त्यसको गर्न नसकेको किसानहरु बताउँन् ।

प्रमुख खड्काका अनुसार जिल्लामा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ५० प्रतिशत अनुदानमा स्प्रे वितरण गर्ने जानकारी आफूले पाएको बताए । गाउँपालिकामा स्रोत साधन नभएकाले प्राविधिक सल्लाह दिने गरेको उनले बताएका छन् ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!