गृहपृष्ठ ∕ अर्थ ∕ सिन्धुपाल्चोक प्रेस युुनियनले गर्यो जिल्लामा क्रियाशील पत्रकारको `कोरोना बीमा` सिन्धुपाल्चोक प्रेस युुनियनले गर्यो जिल्लामा क्रियाशील पत्रकारको `कोरोना बीमा` Sindhu Khabar जेठ १६, २०७७ गते १४:२० मा प्रकाशित चौतारा । नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकमा आबद्ध क्रियाशील पत्रकारहरुको कोरोना बिमा गरिएको छ । शाखा अध्यक्ष दुर्गा आचार्यका अनुसार कोभिडसँग सम्बन्धित समाचार संकलनमा खटिने सञ्चारकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले प्रतिव्यक्ति १ लाख बराबरको बीमा गरिएको हो । विश्वव्यापी रुपमा महामारी फैलिएको कोरोना (कोभिड-१९) संक्रमण पत्रकारमा फैलने सम्भावित खतरा भएपछि एक पत्रकार बराबर एक लाख रुपैयाँको बिमा गरिएको हो । बिमालेख नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखा रहने गरि आएइमई जनरल इन्स्योरेन्स लिमिटेडमा एक वर्षका लागि बिमा गरिएको हो । बिमा अवधि २८ मे २०२१ सम्म रहनेछ । बिमा कम्पनी आइएमइका अनुसार कोराना भाइरस (कोभिड-१९) रोग लागेको अवस्थामा र भुक्तानी पाउने व्यक्तिको कानुनी अधिकार प्रमाणित भएमा करारको अवधिमा रही भुक्तानी दिइनेछ । बिमा रकम भुक्तानी हुनका लागि व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हुनुपर्नेछ । बिमा कम्पनीका अनुसार यो बाहेक अन्य कम्पनीबाट बिमा गराइएको पाइएमा भुक्तानी भने दिइने छैन । संगठनले ठूलो सहयोग गर्न नसकेपनि शाखा सदस्यहरुलाई काममा हौसला प्रदान गर्न सानो प्रयासको थालनी गरेको उनले बताइन् । काठमाडौंलाई कर्मथलो बनाएर क्रियाशील केही सदस्यहरुले आआफ्नो सञ्चारमाध्यममार्फत बिमा गरेको जानकारी पनि आचार्यले दिइन् । शाखाले आर्थिकभार आफैंले व्यहोरेर आजैबाट लागू हुनेगरी ५५ जनाको बीमा गरेको छ । आचार्यले भनिन्, ‘अप्ठेरो अवस्थामा जोखिम बहन गरेर पहिलो पंतीमा रहेर काम गर्ने सदस्यका लागि भविष्यमा अन्य सहयोग जुटाउने प्रयास भइरहेको छ ।’ क्याटेगोरी : अर्थ, समाचार, स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साख फर्काउँदै तातोपानी भन्सार, कन्टेनर हुक एण्ड ड्रप मोडलले बढायो… चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध बिद्यार्थीलाई न्यानाेसहित शैक्षिक सामग्री धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह