मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठअर्थइन्द्रावतीको कोरोना कोषमा सुकको सहयोग

इन्द्रावतीको कोरोना कोषमा सुकको सहयोग


नवलपुर ।
विशेषगरी इन्द्रावती गाउँपालिका क्षेत्रभर सामाजिक काममा क्रियाशील संस्था सिन्धु उत्थान केन्द्र(सुक)ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना रोकथामका लागि आर्थिक सहयोग गरेको छ । सुकले इन्द्रावती गाउँपालिकामा रहेको कोरोना रोकथाम कोषका लागि थप सहयोग गरेको हो ।
इन्द्रावती गाउँपालिकाले यसअघि नै ५० लाख रुपैयाँको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष खडा गरेको थियो । सुकले यसलाई थप सहयोग गर्दै सो कोषमा पचास हजार पाँच सय ५० रुपैयाँ सहयोग गरेको हो । सुकका सचिव बासुदेव अधिकारीले इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ र प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेललाई सो रकम बराबरको चेक हस्तान्तण गरे ।
कोरोना रोकथामका लागि सामाजिक दायित्व निर्वाह गर्दै आफ््नो संस्थाले सहयोग गरेको सुकका सचिव अधिकारीले जानकारी दिए । ‘समाजमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै जुट्नु जरुरी छ,’ अधिकारीले भने, ‘यो सुरुआती सहयोग हो, गाउँपालिकामा संक्रमणको समस्या आइपरेको अवस्था मात्रै नभई रोकथामका लागि सहयोग आवश्यक परे संस्था तयार छ ।’
सहयोगको चेक बुझ्दै गाउँपालिका अध्यक्ष वंशलालले यो सहयोग जनताका लागि भएकाले कोरोना रोकथाम तथा नियन्त्रणमा आफूहरु जनता सुरक्षित राख्न कुनै कसुर बाँकी नराख्ने बताए । ‘कोभिड १९ फैलन नदिन गाउँपालिकाले विभिन्न कार्यहरु गरेको छ,’ उनले भने, ‘सुकजस्ता संस्थालगायत यहाँका राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी, शिक्षकसहित स्थानीयको सहयोगले कोरोना जित्नेछांैं ।’ उनले सुकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै कोरोना रोकथाममा सबै नागरिक सचेत हुनुपर्ने बताए ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!