बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थचीनले सिन्धुपाल्चोकलाई दियो १ करोड ३८ लाख बढीको स्वास्थ्य सामग्री

चीनले सिन्धुपाल्चोकलाई दियो १ करोड ३८ लाख बढीको स्वास्थ्य सामग्री


तातोपानी । चीनको न्यालम जिल्लाले सिन्धुपाल्चोक जिल्लाको लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको न्यालम जिल्लाले सिन्धुपाल्चोकलाई १ करोड ३८ लाख ८० हजार रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । आज तातोपानीको लिपिङ पुलमा न्यालम जिल्लाका सरकारी अधिकारीको टोलीले प्रमुख जिल्ला अधिकारी (सिडियो) उमेश कुमार ढकाललगायतको सरकारी टोलीलाई सो सामग्री हस्तान्तरण गरेको हो ।

न्यालमले डिस्पोजल मास्क १ लाख ३० हजार, एन नाइन्टिन फाइभ माक्स १५ सय, पीपीई ११ सय, इन्फ्रारेड थर्मोमिटर १ सय ८ वटा, टेष्ट कीट १५ सय सिन्धुपाल्चोकका लागि सहयोग दिएको भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । सहयोगमा आएको स्वास्थ्य सामग्री आज भन्सारमै रहनेछन् ।

भन्सार कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखी भन्सार छुटको आवश्यक प्रक्रिया पुगेपछि भोलि ती सामग्री सदरमुकाम लैजाने सिडियो ढकालले बताए । जिल्लामा ती सामागी जिल्ला कोभिड-१९ विपद व्यवस्थापन कोषमा रहनेछन् । जिल्लामा आवश्यक परेको जुनसुकै ठाउँमा ती सामग्री दिन सकिने सिडियो ढकालले जानकारी दिए । सो सामग्री लिन सिडियो ढकाल सहितको टोली आज बिहानै तातोपानी पुगेको थियो ।

ढकालसँगैं, प्रहरी प्रमुख प्रज्वल महर्जन, शसस्त्र प्रहरी प्रमुख राजु पाण्डे, अनुसन्धानका प्रमुख अरुण कार्की, भन्सार प्रमुख खत्री र जनस्वास्थ्य प्रमुख दुर्गादत चापागाईको टोली तातोपानी पुगेको हो । चीनका तर्फबाट जाग्बु बन्दरगाहका प्रमुख अधिकृत यान जीनसहितको चार जनाको टोली आएका थिए ।

गत वैशाख २ गते दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा न्यालम जिल्लाका सिडियो मिस्टर फेङ लि वीले सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गर्ने पतिबद्धता जनाएका थिए । यी सामग्री कोरोना नियन्त्रणका लागि सिन्धुपाल्चोक जिल्लामा मात्रै प्रयोग गरिनेछन् ।


क्याटेगोरी : अर्थ, समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!