बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थ‘राहत हैन, रोजगारी’

‘राहत हैन, रोजगारी’


चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले राहतलाई भन्दा रोजगारीलाई बढी जोड दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आएको बजेटले स्थानीयलाई रोजगार दिने मेयर अमानसिंह तामाङले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रत्येक वडामा ५ लाखका दरले रकम आएको छ । गाउँमा सडक निर्माण, सडकको नाली बनाउने, पर्खाल लगाउने काममा स्थानीयले रोजगार पाउनेछन् । काम गर्दा सामाजिक दुरीलाई कायम राखि गर्ने नपाको योजना छ ।

जिल्ला समन्वय समिति प्रमुखको संयोजनमा केही दिन अघि भएको बैठकमा विकास आयोजनाहरु सञ्चालन गर्ने निर्णय गरेपछि नपामा अन्य विकासनिर्माणका काम पनि सुचारु हुने भएका छन् । सो काममा पनि स्थानीयले नै पहिलो प्राथमिकता पाउनेछन् ।

उनले भने, `काम दिने हो काम दिएपछि दाम, माम आफै हुन्छ ।` राहत धेरैलाई दिनुपर्दा पाउनेले थोरै पाउने तर राज्यको ठूलो खर्च हुने र त्यसले उनीहरुको आवश्यकता पुर्ति गर्न समेत समस्या भएकाले स्थानीय तहमै रोजगार सिर्जना गर्न आफू लागेको मेयर तामाङले बताए । उनले भने, राहत भनेपछि भूकम्पको बेला जस्तो नै सोच्छन् तर अहिले आन्तरिक स्रोतबाट त्यति धेरै राहत दिन सकिन्न । `

भुकम्पका बेला अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा स्थानीयले धेरै राहत पाएका थिए । अहिले विश्वभर कोरोना संक्रमण भइरहेकाले राहत सहयोग दिने देशहरु थलिएको अवस्थामा अन्तबाट राहत आउने सम्भावना छैन् ।

त्यसैगरी नपाले जनप्रतिनिधिहरुको तर्फबाट कोरोना कोषमा ५ लाख ३० हजार बराबरको रकम जम्मा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले जनप्रतिनिधिहरुबाट नपामा रहेको  `कोरोना रोकथाम तथा नियन्त्रण` कोषमा ५ लाख ३० हजार जम्मा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी नपाले खाद्यान्न उत्पादन बढाउन कृषिमा जोड दिने भएको छ । नपाले कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न बिउ विजन अनुदान दिने निर्णय समेत गरेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!