गृहपृष्ठ ∕ अर्थ ∕ बलेफी ८ मा अब ‘एक घर–एक रोजगार बलेफी ८ मा अब ‘एक घर–एक रोजगार Sindhu Khabar वैशाख २१, २०७७ गते १९:४४ मा प्रकाशित ’खाडीचौर, २१ वैशाख । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गाउँवासी आर्थिक् रुपले खस्कँदै गएपछि एक घर एक रोजगारको योजना अघि सारिएको छ । जिल्लाको बलेफी गाउँपालिका ८ का स्थानीयवासीलाई कृषिमा जोड दिदैं हरेक घरमा कम्तीमा एक जना रोजगार बनाउने योजना ल्याइएको हो । कृषिलगायत विकास निर्माणमा स्थानीयलाई सहभागी गराई अर्थतन्त्रमा बलियो बनाउने योजना वडाको छ । कृषि क्षेत्रका लागि जनतालाई अनुदान र सहुलियत दिएर गाउँमै रोजगारीको वातावरण सिर्जना गर्ने अभियानसमेत रहेको वडाअध्यक्ष चरीबहादुर तामाङले जानकारी दिए । नेपाल सरकारको मापदण्डमा रहँदै विकास निर्माणको काममा समेत स्थानीयलाई पहिलो प्राथमिकतामा राखिने उनको भनाई छ । यो अभियानले गाउँमा रहेका बेरोजगार युवालाईसमेत रोजगारी मिल्ने उनले बताए । गाउँमा रहेका सक्षम जनशक्तिका लागि बाहिर जान पर्ने झण्झटबाट समेत मुक्ति दिलाउन यो अभियान सुरुआत गरिन थालिएको हो । गाउँको बजेट गाउँमै रहने र विकासका साथै आर्थिक रुपले स्थानीयवासी सक्षम हुने अध्यक्ष तामाङको विश्वास छ । प्रत्येक जनतालाई बिकास निर्माणमा जोडेर बिकासको गतिसँगै आर्थिक उत्पादन मा जोड्ने लक्ष्य रहेको उनले बताए । कृषिबाट आर्थिक रुपले समाजको विकास हुने भएकाले गाउँमा रहेका नीजि फर्म तथा समूह मार्फत किसानलाई सहज हुने गरि कार्यक्रम ल्याइन लागिएको हो । कृषि क्षेत्रका लागि आयमूलक काममा गाउँवासीलाई अनु्दान दिइने वडा कार्यालयले जनाएको छ । ‘नीजि फर्म तथा समूहमार्फत माछा पालन तथा कृषि मा साझेदार बनाइ उत्पादनमा जोड दिनेछौं,’ अध्यक्ष चरीबहादुरले भने, ‘अन्य फलफूल, तरकारी तथा खाद्य बालीक लागि विउविजन अनुदानमा दिनुका साथै रासायनिक मलमा सहुलियत दरमा उपलब्ध गराइने छ ।’ उनले यो अभियान अन्तर्गत गाउँमा रहेका खेतीयोग्य बाँझो जमिन सदुपयोग हुनुका साथै गाउँमा कृषि उपज उत्पादन हुने बताए । वडा भित्रको प्रत्येक जनतालाई घुम्ती टोली निर्माण गरि बिकास निर्माणमा वडा कार्यालयले लगाउने छ । गाउँमा रहेका सक्षम र अर्धसक्षमलाई मिलाएर समूह बनाई विकास निर्माणमा गाउँकै जनशक्ति प्रयोग गरिन लागिएको हो । विकास निर्माण र कृषिमार्फत आर्थिक उपार्जनमा काम लगाउने वडाको योजना रहेको छ । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे