तरुण अध्यक्ष दोर्जेले गरे दृष्टिविहीन र अपांगलाई खाद्यान्न सहयोग

काठमाण्डौं, १७ वैशाख ।
युवा समाजसेवी एवं नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाको पहलमा अपांगता र दृष्टिविहीन भएकासहित दुई सय ५४ लाई दैनिक आधारभूत आवश्यकताका सामग्री वितरण गरिएको छ । अपांगता र दृष्टिविहीनसहित सिन्धुपाल्चोक घर भई काठमाण्डौंमा मजदुरी गर्दै गरेकालाई दोर्जे र सन्देश लामाको व्यक्तिगत सहयोगमा खाद्यान्न वितरण गरिएको हो ।
राजधानीको जोरपाटी, नारायणटारका १२ अपांगता भएका र किर्तिपुर, कालोपुल, मैतिदेवी, बसपार्कमा बस्स्दै आएका ३९ दृष्टिविहीनलाई दैनिक आारभूत आवश्यकताका सामग्री दिएको अध्यक्ष लामाले बताए । उनीहरुसहित हिजो (मंगलबार) ४९ र आज (बुधबार) एक सय ५४ सिन्धुपाल्चोकबाट राजधानी आइ ज्याला मजदुरी गरिरहेकालाई राहत दिइएको हो ।
हरेक परिवारलाई १ बोरा चामल, १ केजी दाल र १ केजी तेल वितरण गरिएको अर्का समाजसेवी एव नेपाल तरुण दल सिन्धुपाल्चोकका महाधिवेशन प्रतिनिध सन्देश लामाले सिन्धुखबरलाई जानकारी दिए ।
कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिँदै गएपछि मजदुरलगायत अपांगत भएका व्यक्तिलाई दैनिक जीवनयापनमा असहज भएको भन्दै समाजसेवीद्धयले खाद्यान्न वितरण गरेका हुन् । उनीहरुकाअनुसार आवश्यक परेमा थप सहयोग समेत गरिनेछ ।
क्याटेगोरी : अर्थ
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस