Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठअर्थचौताराले अब विकास निर्माणका योजना सम्झौता गर्न पहल गर्ने

चौताराले अब विकास निर्माणका योजना सम्झौता गर्न पहल गर्ने


चौतारा, १५ वैशख ।
चौतारा सागाँचोकगढी नगरपालिकाले लकडाउनका कारण चालु आर्थिक वर्षको सम्झौता हुन बाँकी योजनाहरु सञ्चालनका लागि जिल्ला विपद व्यवस्थापन समितिसँगको सहयोग र समन्वयमा गर्ने भएको छ ।
नगर कार्यकपालिकाको आज बसेको बैठले विकास निर्माणका योजनाहरु संचालनको लागि आवश्यक सहयोग र समन्वयको लागि व्यवस्थापन समिति सिन्धुपाल्चोकमा अनुरोध गर्ने निर्णय गरेको हो ।
त्यस्तै जिल्ला विपद व्यवस्थापन समितिको निर्णयानुसार जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा संचालनमा रहेको क्वारेन्टाईनलाई अनुमोदन समेत नगरपालिकाले गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ मेलचौर र जिल्ला समन्वय समिति भवनमा संचालन भई रहेका क्वारेन्टाईन बाहेक अर्को निर्णय नभएसम्मका लागि अन्य स्थानमा क्वारेन्टाईन स्थापना नगर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ ।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस