त्रिपुरासुन्दरी ६ का ज्याला मजदुरीलाई खाद्यान्न

टेकानपुर, १४ चैत ।
कोरोना भाइरस (कोभिड १९) फैलन नदिन सरकारले गरेको लकडाउनको समयमा खाद्य संकट भोगेको त्रिपुरासुन्दरी गाउँपालिका ६ का ज्यालामजदुरी गर्नेलाई खाद्यान्न वितरण सुरु गरिएको छ । लकडाउनको अवस्थामा कुनै पनि वडाबासी भोकै बस्नका साथै समस्या झेल्नबाट मुक्ति दिलाउन वडा कार्यालयले दैनिक आधारभूत आवश्यकताका सामग्री वितरण सुरु गरेको हो ।
आज (आइतबार) ज्याला मजदुर गरि परिवार पाल्नेहरुको पहिचान गरि ३५ घरधुरीलाई खाद्यान्न प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । वडाअध्यक्ष रामचन्द्र बुढाथोकीका अनुसार प्रत्येक परिवारलाई ३० केजी चामल, २ केजी नुन, २ केजी चिनी, ३ केजी दाल र ४ थान साबुन प्रदान गरिएको हो । ‘ज्यालामजदुरी गर्नेहरुलाई आजबाट खाद्यान्न वितरण सुरु गरिएको हो,’ वडाअध्यक्ष बुढाथोकीले भने, ‘पहिचान गरि थप परिवारलाई आवश्यक सामग्री वितरण गरिनेछ ।’
यसअघि वडा कार्यालयले सबै घरधुरीलाई २ थान डिटेल साबुन, मास्क वितरण गरिएको थियो । यो वडावासी लकडाउनको समयमा राजधानीमा फसेका थिए । वडा कार्यालयको समन्वयमा एक् सय जनालाई गाउँफिर्ता गरिएको वडाअध्यक्ष बुढाथोकीले जानकारी दिए । घरघरमा कोरोनाबारे सचेतना दिइरहेको उनको भनाई छ । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न वडा कार्यालयले हरेक व्यक्तिको ज्वरो परीक्षण गर्ने जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस