आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठअर्थलकडाउन उल्लंघन गर्ने ३४५४ जना कारवाहीमा, सवारीबाट २७ हजार राजस्व

लकडाउन उल्लंघन गर्ने ३४५४ जना कारवाहीमा, सवारीबाट २७ हजार राजस्व


चौतारा, ११ चैत ।
सरकारले गरेको लकडाउन उल्लंघन गरेर तीन हजार चार सय ५४ जना कारवाहीमा परेका छन् । सिन्धुपाल्चोकमा लकडाउन उल्लंघन गरेका सवारी साधनबाट महिनादिनमा २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
लकडाउन उल्लङघन गर्ने मध्ये एक हजार चार सय ४६ महिला र दुई हजार आठ जना पुरुष रहेका छन् ।
बिना काम बजारमा हिँडिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यी ब्यक्तिलाई नियन्त्रणमा लिदै सम्झाइ बुझाई, हातधुने तरिका, मास्क लगाउने तरिका सिकाई छोडिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
त्यस्तै सवारी साधन लाई नियन्त्रणमा लिई सम्झाई बुझाई गरी छाडिएको छ । यो लकडाउन भएयता एक महिनाको तथ्यांक हो । जसमध्ये ४३ वटा मोटरसाइकलबाट तेइस हजार पाँच सय, २ वटा बसबाट उक हजार पाँच सय, २ वटा कार, जिपबाट दुई हजार गरि चालकलाई ट्राफिक कारवाही गरि छोडिएको हो । ३ वटा बोलेरो चालकलकडाउन उल्लंघन गर्नै ३४५४ जना कारवाहीमा, सवारीबाट २७ हजार राजस्वलाई अभद्र व्यवहारमा मुद्दा चलाईएको प्रहरीले जनाएको छ ।
स्थानीय स्रोत र साधनको प्रयोगबाट म्यान क्याच अप बनाई सुरक्षित तरिका अपनाई लक डाउन उल्लघंन गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिई केही समय होल्ड गराई कोभिड (१९ को संक्रमणबाट बच्ने उपाय सम्बन्धी सचेत गराई छाडिने गरेको काफ्लेले बताए ।
कोरोना फैलन नदिन र लकडाउन उल्लंघन रोक्न नाका, हाइवे, शहर एवं ग्रामीण क्षेत्रमा चेकिङ र गस्ती गरिने गरिएको छ । लक डाउनको उल्लंघन गर्ने व्यक्तिलाई संक्रमण रोग ऐन २०२० को दफा २ को उपदफा २ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्बाही हुने व्यवस्था छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!