शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थअब चौताराले पनि दिर्घरोगीलाई घरमै औषधि पुर्याइदिने

अब चौताराले पनि दिर्घरोगीलाई घरमै औषधि पुर्याइदिने


चौतारा, ११ चैत ।
लकडाउनको मारमा रहेका चौतारा साँगाचोकगढी नगरपालिकाका दिर्घ रोगीले अब घरमै औषधि पाउने भएका छन् । लकडाउनमा औषधि ख।िदका लागि बाहिर निस्क्न झण्झटका साथै जोखिखम बढ्ने भएकाले नगरपालिकाले यस्तो युक्ति अपनाएको हो ।
नगरपालिकाका प्रमुख अमानसिं तामाङले वर्षौदेखि औषधि सेवन गरिरहेका नगरवासीका लागि यस्तो सुविधा दिन सुरु गरिएको बताए । उनका अनुसार आफ्नो घर रहेको स्थान र आफूले सेवन गरिरहेको औषधिको नाम टिपाए औषधि घरमै आपुग्ने उनले दावी गरे ।
दिर्घरोगीहरुले आफूले खाँदै गरेको ओषधि सकिएको भए वडाअध्यक्षहरुसँग समन्वय गर्नसमेत अनुरोध गरेका छन् । वडामार्फत औषधि घरमा पुर्याइने उनको भनार्ई छ । थप जानकारीका लाग ९८५१२३४५७४मा सम्पर्क गर्नसमेत नगरपालिकाका प्रमुख तामाङले सुझाएका छन् ।
यसअघि हेलम्बु गाउँपालिकाले दिर्घरोगीलाई घर घरमै औषधि पुर्याउने अभियान सञ्चालन गरेको थियो । हेलम्बुको सो कार्य अझै जारी छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!