गृहपृष्ठ ∕ अर्थ ∕ व्यक्तिगत पहलमा गाउँवासीलाई खाद्यान्न व्यक्तिगत पहलमा गाउँवासीलाई खाद्यान्न Sindhu Khabar वैशाख ८, २०७७ गते १०:४३ मा प्रकाशित फुल्पिङकट्टी, ८ वैशाख । भोटेकोशी गाउँपालिका ४ का समाजसेवी सोनुर्बु शेर्पाले व्यक्तिगत पहलमा गाउँवासीलाई खाद्यान्न सहयोग गरेका छन् । उनले वडाका अति विपन्न, अशक्त र ज्येष्ठ नागरिक गरी एक सय ४८ परिवारलाई खाद्यान्न वितरण गरेका हुन् । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिँदै गएपछि खाद्य संकटको अवस्थामा पुगेका परिवारलाई शेर्पाले राहत प्रदान गरेका हुन् । अन्य साथीभाईको सहयोगसमेत लिएका शेर्पाले अति विपन्न, अशक्त व्यक्तिलाई जनही १५ किलो चामल, १ लिटर तेल, १ किलो नुन र २ थान साबुन वितरण गरेका थिए । गाउँपालिका सँगको समन्वयमा शेर्पा आफैले घर घरमा पुगेर खाद्यान्न वितरण गरेका हुन् । दिनहुँ ज्याला मजदुरी गरेर खानेलाई यो लकडाउनमा समस्या परेकाले अति आवश्यक खाद्यान्न प्रदान गरिएको शेर्पाले सिन्धु खबरलाई बताए । आवश्यक परेको अवस्थामा पछि फेरि अन्य सहयोग जुटाएर गाउँवासीलाईइ राहत प्रदान गरिन सक्ने उनले बताए । क्याटेगोरी : अर्थ ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साख फर्काउँदै तातोपानी भन्सार, कन्टेनर हुक एण्ड ड्रप मोडलले बढायो… आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?