Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठअर्थसहयोग मागेर वडाअध्यक्षले खाद्यान्न वितरण गरे

सहयोग मागेर वडाअध्यक्षले खाद्यान्न वितरण गरे


काठमाण्डौं, ६ चैत ।
विभिन्न व्यक्तिसँग सहयोग मागेर त्रिपुरासुन्दरी गाउँपालिका ३ का वडाअध्यक्षले राहत वितरण गरेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका ३ स्थायी घर भई राजधानीका विभिन्न स्थानमा बस्दै आएकाहरुलाई वडाअध्यक्ष सुकदेव रिसालले खाद्यान्न वितरण गरेका हुन् । लकडाउनका अवधि लम्बिदै गएपछि काठमाण्डौंमा रहेका वडावासीमा खाद्यान्न समस्या परेको भन्दै वडाले राहत वितरण गरेको हो ।
चितवनवासी कृष्णनन्द भारती र केशव चापागाईंले गरेको ४ हजार किलो चामल सहयोग मागेर वडाअध्यक्षले काठमाण्डौंमा रहेका धुस्कुनवासीलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् । वडाअध्यक्ष रिसालले नकुल नेपाल, रविन बस्नेत र यज्ञप्रसाद डोटेललाई खाद्यान्न जिम्मा लगाई राजधानीमा बसोबास गरिरहेका धुस्कुनवासीका लागि पठाएका छन् ।
लकडाउनका कारण काठमाडौबाट घर फर्कन नसकेकाहरुमा खाद्यान्न संक्ट भएको अवस्थालाई मध्यनजर गर्दै वडावासीका लागि खाद्यान्न लगायतका राहतको व्यवस्था मिलाइएको वडाध्यक्ष सुकदेव रिसालले बताए । गाउँबाट विभिन्न कामलगायत अध्ययनका लागि राजधानी बसिरहेकाहरुका लागि यो खाद्यान्न दिइएको उनको भनाई छ ।
त्यस्तै वडाका लागि महाबिर पुनले १० थान पीपीई समेत उपलव्ध गराएका छन् । वडाअध्यक्ष सुकदेवकाअनुसार बिद्यार्थी नेता रविन बस्नेतमार्फत महाबिर पुनले त्रिपुरासुन्दरी ३ का लागि १० थान पीपीई उपलव्ध गराएका हुन् । कल्याणकारी स्वयंसेवक संघका अध्यक्ष अक्कल तामाङले वडाका लागि एक थान इन्फारे थर्मोमिटर उपलव्ध गराएको रिसालले सिन्धु खबरलाई जानकारी दिए ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस