गृहपृष्ठ ∕ अर्थ ∕ भोटेकोशीमा एक करोड २० लाखको विपद कोष भोटेकोशीमा एक करोड २० लाखको विपद कोष Sindhu Khabar वैशाख ४, २०७७ गते १७:३१ मा प्रकाशित तातोपानी, ४ वैशाख । नेपाल चीन सीमामा रहेको भोटेकोशी गाउँपालिकाले प्रकोप व्यवस्थपन कोषमा एक करोड बीस लाख रुपैयाँको कोष स्थापना गरि सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आज बसेको निर्णयले नेपाल बंगलादेश बैंक लिमिटेडमा स्थापना गरिएको कोषमा नेपाल सरकारको निर्णय बमोजिम विभिन्न शिर्षकबाट रकमान्तर गरि कोषमा रकम संकलन गरिएको हो । तीन साता अघि गरेको निर्णयलाई अनुमोदन गर्दै गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयअनुसार पदाधिकारी तथा कर्मचारी भ्रमणबाट १० लाख, खेलकुद, उत्सव तथा महोत्सवबाट १० लाख, एम्बुलेन्स खरिदबाट १० लाख, घुम्ती शिविर सञ्चालन कार्यक्रमबाट १० लाख,गुरुयोजना तथा डिपीआर तयारबाट ७० लाख र प्रदेश सरकारबाट प्राप्त हुनेबाट १० लाख रुपयाँ गरि कुल एक करोड बीस लाख रुपैयाँको कोष खडा गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलका अनुसार यो रहम विभिन्न प्रकोप तथा विपद न्यूनीकरणका लागि खर्चिनेछ । विपदका क्रममा आइपर्ने विविध समस्याको समाधान तथा विपद पूर्व तयरीका लागि यो रकम छुट्याइएको उनले जानकारी दिए । क्याटेगोरी : अर्थ ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड भारतले हेलम्बुका तीन गुम्बा पुर्ननिर्माण गर्ने मेलम्ची दिएबापत सिन्धुपाल्चोकले वार्षिक १५ करोड पाउने वर्षैपिच्छे घट्दै चौरी गोठ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो