आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठअर्थकाेराेना राेकथाममा नेकपा र चाैतारा नगरपालिकाकाे संयुक्त अभियान

काेराेना राेकथाममा नेकपा र चाैतारा नगरपालिकाकाे संयुक्त अभियान


चाैतारा, ३० चैत ।

कोरोना नियन्त्रण तथा रोकथामको लागि नेकपा र नगरपालिका संयुक्त रुपमा जनताको को जनताको घरदैलोमा पुगेको छ ।नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) र चौतारा साँगाचोकगढी नगरपालिका संयुक्त रुपमा नगरपालिका को १४ वटै वडामा पुगि जनतालाई आफ्नो स्वास्थ्य प्रति सजक रहन सचेतनामुलक अभियान सन्चालन गरिरहेको छ । सचेतनामुलक कार्यक्रमका साथै बिदेश बाट यस नगरपालिका आइ बसोबास गरिरहेका परिवारका सबै सदस्यहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
सचेतना अभियान अन्र्तगत हिजो २९ गते नगरपालिकको १ नं वडामा ८ जनाको स्वास्थ्य परिक्षण भएको थियो ।उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बागमती प्रदेश कमिटी सदस्य सोम सापकोटा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा बागमती प्रदेश कमिटी सल्लाहकार तथा नगरप्रमुख अमानसिङ तामाङ, चौतारा अस्पतालका मेडिकल अधिकृत निश्च्ल बोगटी, नगर स्वास्थ्य शाखा प्रमुख शिव पुरी लगायतको उपस्थिती रहेको वडा अध्यक्ष सानुकान्छा श्रेष्ठले जानकारी दिए । वडा भित्रका वडा सदस्यहरु, नेकपा वडा कमिटी सदस्यहरु तथा वडाबासी हरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!