Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठअर्थमध्यभोटेकोसी आयोजनामा निर्माण सामग्री अभाव

मध्यभोटेकोसी आयोजनामा निर्माण सामग्री अभाव


तातोपानी, २७ चैत ।

राष्ट्रिय प्राथमिकतामा परेको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम लकडाउनको अवस्थामा समेत सञ्चालन हुँदै आए पनि निर्माण सामग्रीको अभावमा बन्द हुने स्थितिमा पुगेको छ ।
नेपाली र चिनियाँसहित दैनिक ७० कामदारबाट काम हुँदै आएकामा मौज्दात रहेको सीमित सिमेन्ट र अभाव रहेको केमिकल तत्काल आपूर्ति हुन नसके चाँडै नै काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख डा. सुनिलकुमार लामाले बताए । छ हजार ३०० मेट्रिक टन मात्र मौज्दात रहेकाले त्यसले धेरै दिन धान्न नसक्ने आयोजनाले जनाएको छ । सम्झौताअनुसार सुरुदेखि नै चिनियाँ कम्पनीबाट उत्पादित होङ्सी सिमेन्ट प्रयोग हुँदै आएको छ । हाल उक्त सिमेन्टको कारखानासमेत बन्द भएकाले अन्य सिमेन्ट प्रयोग गर्न नमिल्ने हुँदा नेपाल सरकारलाई समन्वय गरी चाँडै नै आपूर्तिको व्यवस्था मिलाइदिन आयोजना प्रमुख डा. लामाले आग्रह गरेका छन् ।

हाल आयोजनाको चाकुस्थित बाँधको काम एक महिनाभित्र सम्पन्न हुने गरी तीव्रगतिमा भइरहेको छ । बाँधको काम चाँडै सम्पन्न गर्न सकेको खण्डमा नदीमा बाढी आए पनि क्षति नपुग्ने उनको भनाइ छ । आयोजनाको सात हजार ११८ मिटर लामो सुरुङमध्ये छ हजार ६१८ मिटर सम्पन्न भई ९३ प्रतिशत काम पूरा भएको छ । त्यस्तै छ मिटर उचाइ र ३७ मिटर लम्बाइको बाँधमध्ये ७० प्रतिशत र विद्युत्गृहको २५ प्रतिशत काम सम्पन्न भएको छ ।
१४ अर्ब ५० करोड लगानीमा निर्माण भइरहेको आयोजना आगामी २०२० को डिसेम्बर अर्थात् नौ महिनाभित्र सम्पन्न गर्नुपर्ने पछिल्लो समयसीमा निर्धारण भएको छ । आयोजनाको सिभिलकार्य चीनको वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्यूरो र इलेक्ट्रिकको काम अष्ट्रिया एण्डिज हाइड्रोको भारतीय कम्पनीद्वारा निर्माण भइरहेको छ ।
चिलिमे कम्पनीको सहप्रवद्र्धनमा निर्माण भइरहेको आयोजना सन् २०१३ डिसेम्बरमा सुरु भई २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर वि.सं २०७२ को भूकम्प, भारतीय नाकाबन्दी र पटक–पटक आएको भोटेकोसी बाढीका कारण निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको थियो ।

कारोबार दैनिकबाट


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस