शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थमाक्स र सेनिटाइजर ल्याएर खुलाईयो तातोपानी नाका

माक्स र सेनिटाइजर ल्याएर खुलाईयो तातोपानी नाका


तातोपानी, २७ चैत ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रासपछि बन्द गरिएको तातोपानी नाका बुधबारबाट खुलेको छ । नेपालमा कोरोना फैलन नदिन माक्स र सेनिटाइजर ल्याएर नाका खुलाइएको हो ।
सुरुवाती अन्तराष्ट्रियस्तरको ‘हेल्प डेस्क’को परीक्षण सकेपछि चीनबाट १९ बक्स माक्स र १० बक्स सेनिटाइजर बोकेको सवारी भित्र्याउँदै तातोपानी नाका सुचारु गरिएको हो । प्रशासन, भन्सार, जनप्रतिनिधि, सुरक्षाकर्मीबीचको बृहत छलफलले टुंग्याएको ३ बँुदे निर्णयअनुरुप सुरक्षित रुपमा नाका खुलेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । ‘सुरुवाती हेल्प डेस्कको मापदण्डअनुरुप परिक्षण सकेर नाका खुलाइएको हो, खाद्यन्न र मेडिकल मात्रै आउनेछन्, ’उनले भने । बिएम र्डेडी का व्यवसायीले स्वास्थ्य सामाग्री खरिद गरेपछि चीनका प्रहरी अधिकारीले आवश्यक परिक्षण सकेर माक्स र सेनिटाइजरको बाक्सालाई नेपालको चेकपोष्ट ल्याइदिएको उनले सुनाए ।
त्यसपछि ७५ सय वटा माक्स र ५ सय सेनिटाइजरलाई सुरुवाती हेल्प डेस्कबमोजिम परिक्षण स्प्रे गरेर तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयकाको यार्डमा लगिएको उनको भनाइ छ । ‘यो लिन नेपालकै एउटा सवारी बोर्डर पुगेको थियो, सिल्ड भएर राजधानी पुगिसकेको छ, मेडिकल तैयारीको लागि यो प्रयोग हुनेछ, ’उनले भने । २०७२ भुकम्प, २०७३ भोटेकोसी बाढीदेखि २०७४ बर्खे पहिरोले बन्द तातोपानी नाका भुकम्पको चारवर्षपछि मालवाहक रुपमा खुलेको थियो । चीनको वुहानबाट कोरोना संक्रमण (कोभिड १९) फैलिएलगत्तै विश्वभर त्रासकै कारण माघ १५ मा नाका बन्द गरिएको थियो । उनकाअनुसार विश्व स्वास्थ्य संगठनअन्र्तगतको मापदण्ड बमोजिमको हेल्प डेस्कको मेडिकल सेट ल्याएर सुरुवाती तैयारी भइरहेको छ । त्यसका साथै परिक्षण , बोर्डर र झिुर्पुमा गरी व्यवस्थित १० बेडको आइसोलेशन, १० बेडको क्वारेन्टाइन तैयार राखिएको उनको भनाइ छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!