मेलम्चीमा कोरोना रोकथाम कोष २५ लाखबाट सुरु

मेलम्ची, २६ चैत ।
कोरोना भाइरस (कोभिड १९) लाई फैलन नदिन पूर्व तयारीका लागि मेलम्ची नगरपालिकाले २५ लाख रुपैयाँबाट कोरोना रोकथाम कोष सुरु गरेको छ । विभिन्न संघसंस्था तथा व्यक्तिले थप्न सक्ने गरि नगरपालिकाले कोषको स्थापना गरेको हो ।
२५ लाख रुपैयाँको कोष स्थापना गरेर अगाडि बढेको नगरपालिकाको कोषमा नेपाल बैंक लिमिटेडले ३५ हजार थपेको छ । कोरोना सक्रमण नियन्त्रण तथा रोकथाम कोष नामाकरण गरि नगरपालिकाले संक्रमण फैलन नदिन रोकथाममा जुटेको हो । नगरपालिकाको सो कोषमा इच्छुकले रकम जम्मा गर्न सक्ने उप प्रमुख भगवती नेपालले बताइन् । नेपाल बैंक लिमिटेड मेलम्ची शाखामा रहेको कोषको खाता नं.१६८००१०६८३३२८८०००००१ मा रकम जम्मा गरि सहयोग गरिदिनहुन नगरपालिकाले अनुरोध गरेको छ।
नेपालका अनुसार यो रकम कोरोना रोकथामकै लागि खर्च गरिनेछ । विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्व तयारीका लागि कोषको रकम खर्च गरिने नेपालले जानकारी दिइन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस