गृहपृष्ठ ∕ अर्थ ∕ भोटेकोशीका अध्यक्षले व्यक्तिगत खर्चमा बाँडे खाद्यान्न भोटेकोशीका अध्यक्षले व्यक्तिगत खर्चमा बाँडे खाद्यान्न Sindhu Khabar चैत्र २५, २०७६ गते १३:३८ मा प्रकाशित चौतारा, २५ चैत । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले कोरोना भाइरस संक्रमितबाट हुनसक्ने खाद्यान्न संकट टार्न व्यक्तिगत रुपमा विपन्न सडक मजदुर र स्थानीयलाई खाद्यान्न वितरण गरेका छन् । उनले निजी रुपमा काठमाण्डौको बौद्ध नयाँ बस्ती आसपासमा बसिरहेका भोटेकोशीकै बासिन्दालाई दाल चामल, नुन तेललगायतका खाद्यन्न दिएका हुन् । लडकडाउनमा काम गर्न नपाएपछि खानको लागि समस्या भएको पाइएपछि स्थलगत पुगेर दुई दर्जन परिवारलाई खाद्यन्न सामाग्री दिइएको अध्यक्षका सल्लाहकार ध्रुव थापाले जानकारी दिए । ‘जनप्रतिनिधि सबै कोरोना अभियानमा कस्सिनुभएको छ, लाग्ने बेला पनि यही हो, यो मेरो केही सानो व्यक्तिगत सहयोग मात्रै हो,’ अध्यक्ष पौडेलले भने । उनले भोटेकोशी क्षेत्रमा हुनसक्ने खाद्य संकट टार्न तंथ्याक संकलन अन्तिम चरणमा पुग्न लागेको बताए । खाद्यन्न पाएपछि हर्षित स्थानीय तेम्बा शेर्पाले प्रमुखले खाद्यन्न दिएपछि भावुक हुदै हर्ष पोखेका थिए । दुई दर्जन परिवारले बौद्ध आसपासमा निश्चित दुरी राखेर स्वास्थ्य परिक्षण गरेपछि खाद्यन्न दिइएको उनले प्रष्ट्याए । ‘अध्यक्ष ज्यूको सहयोगले हाम्रो दैनिकी सरल भएको छ ।’ उनले भने । व्यक्तिगत रुपमा कोरोना रोकथाम कोषमा आर्थिक सहयोग गरेका अध्यक्ष पौडेलले अरुलाई पनि कस्सिन आग्रह गरेका छन् । गएको शनिवार कोरोना संक्रमणको विषयलाई गंम्भिर रुपमा लिएर छलफल गर्दा ३ वटा महत्वपूर्ण बु“दाको निर्णयअनुरुप भौतिक तैयारी गरेर नाका खुलाउन लागिएको थियो । विश्व स्वास्थ्य संगठनअन्र्तगतको मापदण्ड बमोजिमको हेल्थ डेस्क, परिक्षण ,झिुर्पुमा व्यवस्थित आइसोलेशन तैयार गर्ने अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए । तातोपानी नाकामा तत्कालै औषधी,अत्यावश्यक सामाग्री मात्र आयात हुने र ती सबै सम्पूर्ण परिक्षण सकेर आएको हुनुपर्ने र नाका संञ्चालनको थप प्राविधिक तवरको लागि सम्पूर्ण व्यवासायीस“ग बैठक छलफल गरिने उनले जानकारी दिए । आफ्नै अध्यक्षतामा बसेको तातोपानी नाका संञ्चालन,व्यवस्थापन तथा कोरोना भाइरस रोकथाम समितिबाट सबै निर्णयबाट भौतिक संरचना बनेपछि मात्रै सुरक्षित अवस्था हेरेर मात्रै नाका खुलाइने उनले जनाए । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साख फर्काउँदै तातोपानी भन्सार, कन्टेनर हुक एण्ड ड्रप मोडलले बढायो… आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?