बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थसुकुम्बासी माझी समुदायलाई राहत, गाउँमै स्वास्थ्य परीक्षण

सुकुम्बासी माझी समुदायलाई राहत, गाउँमै स्वास्थ्य परीक्षण


बाँडेगाउँ, २४ चैत ।
इन्द्रावती गाउँपालिका–५ स्थित भदौरे एकिकृत माझी बस्तीका ४८ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । आफ्नो जग्गा नभएका उनीहरुलाई लकडाउनको समयमा खाद्यान्न संकट पर्ने अवस्था आएपछि खाद्यान्न सहयोग गरिएको हो ।
इन्द्रावती गाउँपालिका–५ का वडाअध्यक्ष दुर्गाबहादुर तामाङका अनुसार सुकुम्बासी माझी समुदायका लागि चामल, दाल, नुनलगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो । उनकाअनुसार ४८ बोरा चामल, १ बोरा दाल, ४० किलोग्राम नुनलगायत सामग्री दिइएको हो । वडास्तरीय विपद व्यवस्थापन समितिमार्फत सामग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए । सामग्री खरिदका लागि वडाअध्यक्ष तामाङ, स्थानीय समाजसेवी कमल चौंलागाई र सरोज तामाङले सहयोग गरेका थिए । सो स्थानमा कोरोनो र्संक्रमण नफैलोस भने सबैको स्वास्थ्य परीक्षणसमेत गरिएको इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । उनका अनुसार गाउँका कसैमाथि संक्रमण फैलन नदिन एक सातादेखि गाउँ गाउँमा डाक्टर खटाइएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!