Techie IT
Tuesday, April 13,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठअर्थतरकारीको मनपरी भाउ, अनुगमन शून्य

तरकारीको मनपरी भाउ, अनुगमन शून्य


चौतारा, २४ चैत ।
सिन्धुपाल्चोकमा ब्यापारीहरुले तरकारी र फलफूलको मनपरी बजार भाउ लिएर उपभोक्ता ठगी गर्ने गरेको गुनासो बढेको छ । सरकारले देशभर लकडाउन गरेको समयमा अत्यावश्यक पर्ने तरकारी र फलफूलको बजार मूल्य मनलाग्दी लिएर ठगी गरिरहेका उपभोक्ताहरुले गुनासो गरेका हुन् ।
प्रतिकिलो २० रुपियाँ पर्ने हरियो तरकारी अहिले त्यसको चार गुणा बढी ८० रुपियाँ तिरेर महँगोमा किन्नु परेको चौताराका उपभोक्ताहरुको गुनासो छ । उत्तिनै समयमा आइपुग्ने र बराबरी ढुवानी खर्च लाग्ने चौतारामा पनि पसलै पिच्छे मूल्य फरक फरक हुँदा उपभोक्ता मर्कामा परिहेका छन् । आम नागरिकले दैनिक उपभोग गर्नुपर्ने तरकारी र फलफूलको भाउ मनलाग्दी लिएर ठगी गर्नेहरुमाथि स्थानीय प्रहरी प्रशासनले अनुगमन गरी कडा कारवाही गर्नुपर्ने माग उपभोक्ताले गरेका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार