बलेफीमा पनि कोष स्थापना, मजदुर र विपन्न वर्गलाई राहत दिइने

बलेफी, २४ चैत ।
बलेफी गाँउपालिकाले कोरोना रोकथाम कोष खडा गरेको छ । जनप्रतिनिधिबाट व्यक्तिगत रकम संक्ला गरि कोष स्थापना गरिएको हो ।
गाउँपालिका अध्यक्ष केदार क्षेत्री र उपाध्यक्ष कमला कायस्थले वीस÷वीस हजार र आठै वटा वडाका अध्यक्षले पन्ध्र÷पन्ध्र हजार संकलन गरेर कोष स्थापना सुरु गरिएको वडा नं. ८ का अध्यक्ष चरी वहादुर तामाङले जानकारी दिए । ‘भर्खर हामी जनप्रतिनिधिबाट कोषको स्थापना सुरु गरिएको छ,’ उनले भने ‘ यसले पुग्दैन, हामी रकम थप गर्न लागिपर्छाै, अन्य स्रोतको व्यवस्थ गर्न गाउँपालिका जुट्नेछ ।’ उनले यो रकम सचेतना जगाउने र आवश्यक स्वास्थ्य आवश्यक सामाग्रीमा खर्चिने बताए ।
दैनिक ज्यालादारी मजदुर तथा विपन्न वर्गलाई राहत प्याकेज वितरण गर्ने भएको छ । आईतवार गाउँ कार्यपालिकाको बैठकले दैनिक ज्यालादारी मजदुर र न्यून आयस्रोत भएका परिवारलाई खाद्यन्न राहत वितरण गर्ने निर्णय गरेको हो ।
क्याटेगोरी : अर्थ
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस