बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठअर्थकुञ्चोकका अति विपन्न परिवारलाई राहत

कुञ्चोकका अति विपन्न परिवारलाई राहत


कुञ्चोक, २३ चैत ।
साना किसान कृषि सहकारी संस्थाको सहयोगमा इन्द्रावती गाउँपालिका २ का अति विपन्न परिवारलाई खाद्य साग्री सहयोग गरिएको छ । समाजसेवी मोहन गिरीको अगुवाई वडाभरिका अति विपन्न ७५ परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।
आइतबार सहयोग वितरणको शुभारम्भ गर्दै सहकारीका अध्यक्ष रामशरण गिरीले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई सहयोग गरिएको बताए ।
मोहन गिरीले ५० हजार सहयोग गरे । हिराबहादुर गिरी तथा रामेछापका बलराम खड्का लगायतले सहयोग उपलब्ध गराएका छन् । अहिले ७५ परिवारलाई सहयोग गरे पनि आवश्यक परे अन्य परिवारलाई पनि सहयोग गर्न सकिने मोहन गिरीले जानकारी दिए ।
दैनिक ज्याला गरी छाक टार्न पर्ने परिवारका सदस्यहरुले काम गर्न नपाउँदा समस्या भएको हुँदा ती परिवारलाई खाद्य सामग्री सहयोग गरिएको हो । चामल १५ किलोग्राम, दाल १ किलोग्राम, तेल आधा लिटर, नुन एक पाकेट, दुइटा साबुन, चिनी एक किलोग्राम र चियापत्ती प्रदान गरिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!