शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थबजार भाउभन्दा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ

बजार भाउभन्दा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ


चौतारा, २१ चैत ।
लकडाउनको समयमा बजार भाउ भन्दा बढी पेट्रोलको मूल्य लिएर बेच्दै गरेको अवस्थामा एक पक्राउ परेका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. ७ मेलचौर स्थित जयमाता बनदेवी फ्युल सेन्टरले बजार मुल्य भन्दा बढी मुल्य लिई पेट्रोल बिक्रि गरी रहेको अवस्थामा एक जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पेट्रोल पम्पमा कार्यरत कर्मचारीबाट बिल नदिई बजार भाउ भन्दा बढी प्रतिलिटर एक सय १० का दरले पेट्रोल बेचिरहेको अवस्थामा कपिलबस्तु बिजयनगर गाउँपालिका वडा नं. ५ का महेश कुमार चौधरी पक्राउ परेका हुन् । उनीमाथि अनुसन्धान गर्ने कार्य जारी भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!