वडा अध्यक्ष मुके शेर्पाबाट तीन लाख घरभाडा छुट

चित्र मिजार
चौतारा, २१ चैत ।
जिल्लामा १२ वटा स्थानीय तह मध्य १०३ वडाभरबाट भोटेकोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मुके शेर्पाले राजधानी, रसुवा र लिस्ति गाउँमा रहेको घरबाट उठ्ने तीन लाख भन्दा बढी घरभाडा छुट दिएका छन् ।
वडा अध्यक्ष शेर्पाले रसुवागढीको घट्टेखोलामा रहेको होटल कैलाशमा चैत महिना भरि हुन आउने दुई लाख ८५ हजार रुपियाँ, काठमाडौंको बनस्थलीमा रहेको घरभाडामा बसेकालाई चैत महिनाको ३० हजार र भोटेकोशी गाउँपालिका १ लिस्तिगाउँको घरमा बस्ने बिद्यार्थी, शिक्षक, सब इन्जिनियर, स्वास्थकर्मीहरुलाई एक महिनाको घरभाडा छुट दिएका हुन् ।
वडा अध्यक्ष शेर्पाले कोरोना भाइरसका कारण काम गर्न नपाएका भाडावालालाई राहात स्वरुप घरभाडा छुट दिएको जानकारी दिए । यस्तो महामारीमा सबैले ठूलो मन बनाउन सक्नु पर्ने शेर्पाले बताए । उनले आपनो निजि गाडी गाउँभरि कोरोना भाइरस संक्रमण हुन नदिनका लागि सचेतना कार्यक्रममा लगाउनु भएको छ । उक्त गाडी एक महिनादेखि कोरोनाबाट बच्नको लागि गरिएको प्रचारप्रसारमा लगाउनु भएको छ । वडा अध्यक्ष शेर्पा घरघर सचेतना फैलाउँदै हिड्नु भएको छ । लिस्तिमा कुनै ब्यक्ति बिदेशबाट नर्फेको र कसैमा कोरोना भाइरसको शंका समेत नलागेको बताए । गाउँबासीको स्वास्थमा ख्याल गर्दे कोरोना भाइरसबारे घरदैलोमा पुगेर सचेतना फैलाउदै हिडेको जानकारी दिए ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस