Techie IT
Saturday, January 23,2021 / शनिबार, माघ १०, २०७७
×
गृहपृष्ठअर्थलकडाउन उल्लंघन गर्ने ६० जना प्रहरी नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने ६० जना प्रहरी नियन्त्रणमा


चौतारा, २० चैत ।
सरकारले गरेको लकडाउन उल्लंघन गरेर बजारमा हिँडिरहेका ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुसहित प्रहरीले विना इजाजत सवारी चलाउने ७ जना पनि मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रणमा लिएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले कोरोना भाइरस (कोभिड १९) बाट बच्न अपनाउनुपर्ने पूर्व सावधानीका उपाय, सावुन सानीले हात धुने तरिकाहरु प्रशिक्षण गरेका थिए ।
नियन्त्रणमा ल्याइएकाहरुलाई अबदेखि बाहिर नहिँड्ने र फेरि लकडाउन उल्लघंन गरे थप सजायँ गरिने बारे सम्झाई बुझाई गरेर छाडिएको कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार