सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठअर्थसिन्धुपाल्चोकको ५ स्थानीय तहमा मात्रै आइसोलेसन कक्ष, १६२ बेडको क्वारेन्टाइन

सिन्धुपाल्चोकको ५ स्थानीय तहमा मात्रै आइसोलेसन कक्ष, १६२ बेडको क्वारेन्टाइन


चौतारा, १७ चैत ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये ५ वटा पालिकामा मात्रै आइसोलेसन कक्ष निर्माण गरिएको छ । तीन नगरपालिका र दुई गाउँपालिकामा मात्रै आएसोलेसन कक्ष निर्माण भएको छ ।
जिल्ला सुरक्षा समिति अन्तरर्गतको अप्रेसन फोर्सको बैठकले एक अस्पतालसहित चार वटा स्थानीय तहमा आइसोलेसन कक्ष भएको तथ्यांक सार्वजनिक गरेको हो । मेलम्ची, बाह्रविसे, चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी, इन्द्रावती गाउँपालिका र सिन्धु सदाबहार अस्पतालमा मात्रै आइसोलेसन कक्ष निर्माण गरिएको छ । तथ्यांकअनुसार मेलम्ची नगरपालिकामा चार बेडको आइसोलेसन र ३० बेडको क्वारेन्टाइन छ । त्यस्तै इन्द्रावतीमा ६ बेड, बाह्रविसेमा ९ र सिन्धु सदावशार अस्पतालमा ८ बेडको आइसोलेसन कक्ष रहेको छ । त्यस्तै बलेफी गाउँपालिकामा २ वेडको आइसोलेसनसहित १६ बेडको ब्वारेन्टाइन तयार गरिएको छ ।
जिल्लाको हेलम्बुमा २० बेड, पाँचपोखरी थाङ्पालमा २० बेड, चौतारामा १४ बेड, त्रिपुरासुन्दरीमा २४ बेड, लिसंखुपाखरमा १० बेड र सुनकोशीमा २८ बेडको क्वारेन्टाइन तयारी भइसकेको छ । जिल्लाको जुगल र भोटेकाशी गाउँपालिका अझैसम्म आइसोलेसन कक्ष र क्वारेन्टाइन निर्माण भएको छैन ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!