इन्द्रावती ९ ले गर्यो मास्क वितरण

नवलपुर, १५ चैत ।
विश्वभर महामरी को रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण यति बेला बढ्दो क्रममा छ।
हालसम्म नेपाल मा ५ जना कोरोना सङक्रमित भएको पाइएको छ।
कोरोना कै कारण लकडाउन भएको नि ५ दिन बित्यो।
यसै भाइरस बाट बच्न र कोरोना भाइरस न्यूनीकरण गर्न इन्द्रावती गाउपालिका ९ ले मास्क बितरण गरेको छ।
वडाध्यक्ष बाबुराम लामा का अनुसार साबिक भोटसिपा गाविसको वडा १ को सिपाटार,भदौरे,लम्सालटोल,र घट्टेटोलको स्थानीय हरुलाई आज ११५० ओटा मास्क बितरण गरेका हुन।
बढ्दै गएको कोरोना को सङक्रमण लाई न्यूनीकरण र आफ्नो वडाबासी लाई यश बाट सचेत रहन मस्क बितरण गरेको वडाध्यक्ष लामा ले जानकारी दिए।
लामा का अनुसार आफ्नो वडाभर का वडावासीलाई मास्क बितरण गर्ने पनि बताए। साथै सरकार ले गरेको लकडाउनको उल्लंघन नगर्न पनि वडाबासीलाई आग्रह गरे।
फूलमान तामाडको सहयोगमा
क्याटेगोरी : अर्थ, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस