बुधबार, असोज ६, २०७८
गृहपृष्ठअर्थआइसोलेसन वार्डका लागि स्थानीय तहले ५ लाख छुट्याउने

आइसोलेसन वार्डका लागि स्थानीय तहले ५ लाख छुट्याउने


चौतारा, १५ चैत ।

आइशोलेशन वार्ड निर्माणका लागि जिल्लाका प्रत्येक पालिकाले पाँच लाख विनियोजन गर्ने भएका छन् । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि जिल्लाका तीन स्थान मेलम्ची, चौतारा र बाह्बिसेमा आइशोलेशन वार्ड निर्माणका लागि पाँच लाख विनियोजन गर्ने भएका हुन् ।

जिल्ला समन्वय समितिको समन्वयमा जिल्लाका जनप्रतिनिधि, रमजनैतिक दल र सरोकारवालाहरुको शनिबार चौतारामा बसेको बैठकले जिल्लाका तीन ठाउँमा आइशोलेशन वार्ड निर्माणका लागि वाग्मती प्रदेशलाई समेत सहयोगको लागि आग्रह गर्ने निर्णय गरेको छ । मेलम्ची, हेलम्बु, पांचपोखरी र ,ईन्द्रावती पालिकाको लागी मेलम्चीमा आईसोलेशन वार्ड स्थापना गरिनेछ । मेलम्चीमा बन्ने आइशोलेशन वार्डका निम्ति मेलम्चीका मेयर डम्बर अर्यालले समन्यव गर्नेछन् । चौतारामा बन्ने आइशोलेशनमा चौतारा सांगाचोकगढी, ,जुगल र वलेफी पालिकाका शंकास्पद संक्रमितलाई राखिनेछ । आइशोलेशन निर्माणका लागि चौताराका मेयर अमानसिंह तामाङले समन्वय गर्नेछन् ।

त्यसैगरी बाह्बिसेमा आइशोलेशन निर्माणका लागि बाह्बिसेका मेयर निमफुन्जो शेर्पाले समन्वय गर्नेछन । यहाँ सुनकोशी, लिसंखुपाखर, त्रिपुरासुन्दरी, बाह्रविसे, भोटेकोशी पालिकाका संक्रमितहरुलाई राखिनेछ । यसैगरी बैठकले राहत सामाग्री तथा स्वास्थ्य सामाग्री एकद्धार निति अन्तरगत बाँडिने हुदा अनावश्यक भिडभाड नगर्न पनि आग्रह गरेको छ । सम्पुर्ण सामाग्री जिल्ला विपद व्यवस्थापन समिति तथा पालिका विपत व्यवस्थापन समितिमा बुझाउनुपर्ने र अनिवार्य एकद्धार निति अबलम्बन गर्न भनेको छ ।

प्रत्येक पालिकामा क्याविन पार्टेशन सहितको एम्वुलेन्सको तयारी गर्ने र विकल्पमा सिंगल क्याविन वोलेरोको व्यवस्थापन गरिनेछ । त्यसैगरी खाद्य संकटलाई मध्यनजर गरी पालिकाहरुमा खाद्य सामाग्रीको जोहो पालिकाले नै गर्नेछन् । स्वास्थ्य प्रमुखहरुको म्यासेन्जर ग्रुपनिर्माण गरी सुचना आदनप्रदान गर्ने, बजारहरुको नियन्त्रणका लागि प्रहरीले अनुगमनमा गर्ने लगायत निर्णयहरु छन् ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!