टहरामै पुगेर खाद्यान्न र माक्स वितरण

बाह्रविसे, १५ चैत ।
थोत्रो कुच्चिएको जस्ता पाताको टहरा, च्यातिएको टुक्रे कपडा । बाह्रबिसेका ७७ वर्षे तुलसी श्रेष्ठ यस्तै कपडाले ज्यान ढाकेर कोरोना भाइरस (कोभिड १९) संक्रमणको डरमा आत्तिएका थिए । देशभर ‘लकडाउन’ पछि जताततै सुनसान छाइरहदा टहरामै खाद्यान्नसहित माक्स र कोरोना सचेता फैलाउन पुगेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित अभियन्ता देखेपछि श्रेष्ठको अनुहार फेरियो । ‘सबै कुरा सकिएको थियो, के गर्ने अन्योलमा थिए, बजार सुनसान भएपछि अलपत्रजस्तोमा थिए, अभाव टरेपछि खुशी छु,’ वृद्ध तुलसीले सहयोग लिएपछि भावुक हुँदै धन्यवाद दिए ।
कोरोना त्रासमा बजारको व्यापार शुन्य हुँदा आत्तिएका बाह्रबिसे नगर वडा ४ का सडक मजदुर तीरबहादुर थामी सहयोग लिएर घरछेउमै आएकालाई देखेर दंग परेर हेरिरहे । ‘उहाँहरुले हाम्रो घरमै आएर सहयोग गनुभएको छ, हाम्रो कयौ दिनको अभाव टरेको छ,’उनले भने । बजारमा आवश्यक खाद्यन्न र माक्सलगायतका सामाग्री चरम अभाव हुने अवस्थामा सहयोग घरमा आइपुग्दा हर्षित उनले सहयोप्रति खुशी देखाए ।
घरको आगनमा आवश्यक सहयोग भेटेपछि बाह्रबिसे नगर ३ की मीनु थामी हर्षमा एकदमै भक्कानिइन् । बजार सुनसान बनेपछि केही काम नपाउदा घरखर्च धान्न मुस्किल बनिरहेको अवस्थामा खाद्यन्न सहयोगले मदत गरेको उनको कथन थियो । ‘सहयोगी हात सबैलाई धन्यवाद छ,’उनले भनिन् ।
पूर्व संञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित क्षेत्रिय सभापति बालकृष्ण बस्नेत, क्षमादेव ग्रुपका राजकुमार बस्नेतले सडक मजदुर र वृद्धवृद्धा गरी ५३ परिवारलाई घरमै चामल,नुनतेलजस्ता खाद्यन्न पु¥याएर सहयोग गरे । कोरोनापछिकको अवस्थालाई हेरेर अनेक अभियान चलाइएको नेपाली कांग्रेसका क्षेत्र १ का सभापति बालकृष्ण बस्नेतले जानकारी दिए । ‘सडक मजदुर र असहाय वृद्धवृद्धालाई खाद्यन्न सामाग्री सहयोगदेखि कोरोनासम्बन्धी अनेक अभियानमा जुटेका छौ, ’उनले भने ।
सबै मिलेर सरकारलाई सघाऔ
जिल्लाको बजारक्षेत्र भर कोरोना प्रतिरोधी औषधी र सामाग्री अभाव भएपछि पूर्वमन्त्री बस्नेतको अगुवाइमा भण्डारी सर्जिकल, सिन्धु मेडिसियन सप्लार्यसबाट कोरोना प्रतिरोधी सामाग्री सहयोग गरिएको थियो । बाह्र्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र र क्षमादेवी स्वास्थ्य चौकीमा माक्स, ग्लोस्ब,सेनिटाइजर,एप्रोन प्यारासिटामोल, कोरोना प्रतिरोधी कपडाजस्ता ४० हजार बराबरको सहयोग गरिएको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बताए । ‘सबै मिलेर कोरोना संक्रमणबारे सचेत बनौ र सबैलाई बनाऔ, यस्तै आपतको बेला सबै एक भएर सहयोगमा जुट्नुपर्छ, ’ उनले भने ।
क्याटेगोरी : अर्थ
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस