बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थकोराना रोकथाम कोषमा मेलम्चीका कर्मचारीको १८ लाख

कोराना रोकथाम कोषमा मेलम्चीका कर्मचारीको १८ लाख


मेलम्ची, १४ चैत ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेलम्ची नगरपालिकाका कर्मचरीले १८ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुको तलबले हुन आउने १८ लाख रुपैयाँ कोरोना संञmमण फैलन नदिन रोकथाम कोषमा जम्मा गरिन लागिएको हो ।
नगरपालिकाका कर्मचारीको सात दिन बराबरको हुन आउने ५ लाख अन्ठाउन्न हजार आठ सय नौ रुपैयाँ र शिक्षकहरुको तीन दिनको तलबबाट हुन आउने एघार लाख चौवालिस हजार एक सय एकतीस रुपैयाँ जम्मा गर्न लागेको नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार कर्मचारी र शिक्षकको तलबबाट कुल अठार लाख दुई हजार अठ्चालिस रुपैयाँ कोषमा जम्मा हुनेछ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!