बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थसिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण कार्यान्वयन

सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण कार्यान्वयन


चौतारा, १४ चैत ।
सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वयन भएको छ । ‘लकडाउन’को चौंथो दिन बजार सुनसान छ । सुरक्षाकर्मीले कोोना भाइरस फैलन नदिन कडाई गरेका छन् । प्रहरीले सर्बसाधारणलाई घरबाट बाहिर निस्कन दिएको छैन । सडकमा कडा रुपमा सुरक्षा जाँच गरिएको छ । जिल्लाका सबै ठाँउमा सुरक्षाकर्मी परिचालित भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।
कोरोनाभाइरसको संक्रमणबाट जोगिन सरकारले लक डाउनको नीति अपनाएको हो । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् । माइकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न, घर बाहिर ननिस्कन आग्रह गरेको छ ।सडकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सवारी साधन र परिचयपत्रको जाँचलाई पनि कडाई गरिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!