आईतबार, फागुन ४, २०८१
गृहपृष्ठअर्थकोरोना नियन्त्रणका लागि चीनले दिएकोे मेडिकल सामाग्री शुक्रबार तातोपानी आइपुग्ने

कोरोना नियन्त्रणका लागि चीनले दिएकोे मेडिकल सामाग्री शुक्रबार तातोपानी आइपुग्ने


सिन्धुपाल्चोक । चीन सरकारले दिने मेडिकल सामाग्री तातोपानी नाका हुँदै शुक्रबार नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामाग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।

ती सामाग्रीको आयातसँगैं तातोपानी नाका विधिवत रुपमै सुचारु हुने खत्रीले बताए । ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ शुक्रबारबाट मालवस्तु जाँचपास सुचारु हुन्छ’ खत्रीले भने । अहिले नाकाबाट फलफूल र मेडिकल सामाग्री मात्रै आउने खत्रीले बताए । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उनले जानकारी दिए ।

सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने खत्रीले बताए । नाकाबाट मालवस्तुमात्रै आयात निर्यात हुने हुँदा सामान लिन जाने सावरी चालकको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्रै चीन पठाउने र सीमापारि पनि उनीहरुको स्वास्थ्य जाँच हुने हुँदा कोरोना संक्रमणको डर नभएको खत्रीले बताए । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टिम तयारी अवस्थामा रहेको छ ।

चीनबाट आएका सामानहरु जाँचपास गर्दा त्यसमा सहभागी हुनेले विषेश किसिमको सुरक्षा अपनाउने हुदाँ जाँचपासमा संलग्नलाई समेत कोरोना संक्रमण हुने सम्भावना नभएको उनले बताए । ‘अहिले फलफूल र मेडिकल सामाग्रीहरु मात्रै आउने हुँदा एक एक गरेर हेर्नुपर्ने हुन्न’ खत्रीले भने ।

चीनबाट आएका सामाग्रीलाई किटनाशक स्प्रे गरेर मात्रै जाँचपास गर्ने र जाँचपास गरेपछि ७२ देखि ७४ घण्टापछि फेरि किटनाशक स्प्रे गरेर मात्रै ती सामान पठाइने खत्रीले जानकारी दिए ।

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण बढेसँगैं नेपालले माघ १५ गते चीनतर्फको रसुवागढी र तातोपानी नाका बन्द गरेको थियो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!