बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थतातोपानी नाका खोल्ने सरकारको निर्णय

तातोपानी नाका खोल्ने सरकारको निर्णय


सिन्धुपाल्चोक । सरकारले तातोपानी नाका खोल्ने निर्णय गरेको छ । बुधबार बसेको उच्चस्तरीय कोरोना समन्वय समितिको बैठकले तातोपानी र रसुवागढी नाकाबाट मालसामान आयात निर्यात गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस चीनको वुहानमा फैलिएसँगै माघ १५ देखि बन्द भएका दुवै नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाइएको हो ।

समितिको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल अनुसार नाका खोल्ने निर्णय गरेको छ ।

नाकाबाट सामान आयात निर्यात गर्न आवश्यक समन्यव गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने छन् ।

सामान आयात र निर्यात बाहेक कामका लागि भारत र चीन तर्फको दुवै नाका बन्द गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!