गृहपृष्ठ ∕ अर्थ ∕ बस्ती जोगाउन प्लम्बिङवाल र जालीगारो बस्ती जोगाउन प्लम्बिङवाल र जालीगारो Sindhu Khabar चैत्र १०, २०७६ गते १२:०७ मा प्रकाशित लामोसाँघु, १० चैत । बर्षोंदेखि ठाडो खोलाले हैरानी ब्यहोरेका सुनकोशी गाउँपालिका ७ का लामोसाँघुबासीले अब भने मूक्ति पाउने भएका छन् । प्रत्येक बर्ष उनीहरुको घर खहरे खोलाले तन्ने डर थियो । लामोसाँघु पुलपारिका ३० भन्दा बढी घर जोगिने भएपछि उनीहरुमा खुशीको सीमा नै छैन् । स्थानीय शक्ति श्रेष्ठका अनुसार खहरे खोलामा बाढी आँउदा लामोसाँघुबासी दिनरात घर छाडेर भाग्नु परेको गुनासो ब्यक्त गरे । अहिले प्लम्विङवाल र जालीगारो लगाइएको छ, आउने बर्षायाममा ढुक्कले सुत्न पाइने भएका छौं श्रेष्ठले खुशी ब्यक्त गरे । श्रेष्ठ मात्रै होइनन् सो बजारका सबै जना घर जोगिने भएपछि हर्षित छन् । जीवनभर दुख गरेको घरसम्पत्तिको रक्षा हुने भएपछि उनीहरु खुशी भएका हुन् । बाग्मती प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री अरुण नेपालले ६ लाख बजेट उपलब्ध गराएपछि बस्ती जोगाउन प्लम्विङवाल र जालीगारो लगाइएको शक्तिले जानकारी दिए । सो अनुरुप १९ मिटर १ प्वाँइट ६० उचाई, १४ मिटर १ प्वाँइट १० उचाई र ५० घनामिटर जालीगारो लगाइएको उनले बताए । यसअघि स्थानीयले बस्ती जोगाउनका लागि बिद्युत प्राधिकरण लामोसाँघुमा पटकपटक आग्रह गरेका थिए । उक्त बस्ती प्राधिकरणको अति प्रभावित क्षेत्रमा पर्ने गरेको छ । बस्ती खहरे खोलाले बगाउन लागेपनि प्राधिकरणले कुनै पनि सहयोग नगरेको श्रेष्ठले गुनासो गरेका छन् । क्याटेगोरी : अर्थ ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका १२ दिनमा ७७० सवारी साधन कारवाहीमा कोरियाली भाषा परीक्षाको टुङ्गो नलाग्दा हजाराैं युवा अलमलमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै